Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पूर्वमाओवादी नेता प्रभु साहको निर्वाचन क्षेत्रमा आमसभालाई सम्बोधन गर्दै प्रचण्ड

पूर्वमाओवादी नेता प्रभु साहको निर्वाचन क्षेत्रमा आमसभालाई सम्बोधन गर्दै प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०७८ शुक्रवार • १२:३०:१६ बजे
  • 2.3K
    SHARES
  • पूर्वमाओवादी नेता प्रभु साहको निर्वाचन क्षेत्रमा आमसभालाई सम्बोधन गर्दै प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ रौतहटको कटहरियामा हुने आमसभालाई सम्बोधन गर्न जाने भएका छन् ।

    images

    गत २९ कात्तिकमा मिति तय भए पनि प्रचण्डको स्वास्थ्यका कारण स्थगित भएको आमसभालाई सम्बोधन गर्न उनी शनिबार रौतहट जान लागेका हुन् ।

    यो क्षेत्र नेकपा (एमाले) नेता प्रभु साहको निर्वाचन क्षेत्र हो । साह माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । प्रचण्डले सभालाई सम्बोधनका साथै पार्टी प्रवेश कार्यक्रम पनि हुने जिल्ला संयोजक देवेन्द्र पटेलले जानकारी दिए ।

    माओवादी प्रवेश गर्ने जिल्ला तहका प्रतिनिधि र स्थानीय तहका निर्वाचित वडा अध्यक्षलाई प्रचण्डले पार्टी प्रवेश गराउने छन् ।

    साहको निर्वाचन क्षेत्रमा माओवादीले जित हासिल गरेको मौलापुर र कटहरियाका मेयर भने पार्टी परित्याग गरी एमालेमा प्रवेश गरिसकेका छन् । सोही स्थानमा माओवादीले प्रचण्डलाई विशेष अतिथिका रुपमा बोलाएको हो ।

    पूर्वमाओवादी सांसद् साहको गृहनगर मौलापुरमा आमसभा राख्ने प्रस्ताव पार्टी भित्रबाट आए पनि अन्ततः छिमेकी नगरपालिका कटहरियामा आमसभा हुने छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology