Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सर्वोच्चमा वकिल र प्रहरीबीच धक्कामुक्का

सर्वोच्चमा वकिल र प्रहरीबीच धक्कामुक्का

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०७८ शुक्रवार • १२:३७:२५ बजे
  • 1.7K
    SHARES
  • सर्वोच्चमा वकिल र प्रहरीबीच धक्कामुक्का

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा उत्रिएका वकिल र प्रहरीबीच धक्का मुक्का भएको छ । धक्का मुक्कामा वकिल लक्ष्मी पोखरेल लगायतलाई चोट लागेको वारका प्रतिनिधिहरुले बताएका छन् ।

    images

    कानुन व्यवसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसरमा छिर्न खोज्दा सुरक्षाकर्मीले रोक्न खोजेपछि उनीहरुबीच धक्का मुक्का भएको हो ।

    एकछिनको घम्साघम्सीपछि वकिलहरू सर्वोच्चभित्र छिरेर धर्नामा बसेका छन् । आन्दोलनरत वकिलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

    उनीहरुले ‘अदालत परिसर हाम्रो हो, दंगा प्रहरी फिर्ता जाउ, कानुन व्यवसायीको एकता जिन्दावाद, हाम्रो आन्दोलन जारी छ ।

    स्वतन्त्र न्यायपालिका कायम गर, नेपाल बार एसोसिएसन जिन्दावाद’, लगायतका नारा लगाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology