Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

"भुइँमान्छेको निवेदन"

"भुइँमान्छेको निवेदन"

प्रकाश बिश्वकर्मा

प्रकाश बिश्वकर्मा

श्रावण ३१, २०७७ शनिवार • ०७:०७:३४ बजे
  • 1.3K
    SHARES
  • "भुइँमान्छेको निवेदन"

    #भबिन्द्र कुवॅर

    images

    श्रीमान 'हाम्रो भविष्यको श्रीमान्'ज्यू,
    अहिले तपाईले हामीलाई नसम्झनुहोला है !
    हामी त तपाईँको भोलिका लागि जन्मेका हौँ !

    अहिले त तपाईँ र हामी झन्डै उस्तै देखिन्छौँ 
    कोइली र कागझैँ देखिन्छौँ
    हेलमेल गर्ने समाज उस्तैउस्तै छ हाम्रो
    रङ, रगत र वर्ग झन्डै उस्तै छन् हाम्रा
    झन्डै परस्परमा ईष्र्या नै होलाजस्तो
    त्यसैले अहिले तपाईले हामीलाई नसम्झिदिनुहोला ।

    अहिले तपाईले हामीलाई नसम्झिदिनुहोला
    यसरी आजैदेखि नजिकै भइदिँदा
    हाम्रो बानी बिग्रेला र हामीले आफूहरूलाई
    भोलि पनि तपाईँको बराबरीको ठानिएला
    तपाईँको आत्मसम्मानमा आघात पुग्ला
    हामी त केवल तपाईँको भोलिका लागि जन्मेका हौँ
    अहिले तपाईले हामीलाई नसम्झिदिनुहोला ।

    हामी त केवल तपाईँको भोलिका लागि जन्मेका हौँ
    भर्खरै हिमाल चढ्दै हुनुहुन्छ तपाईँ
    भोलि तपाईँ शिखर पुग्नुहोला
    हो त्यतिबेला भने हामीलाई जरुर नसम्झिदिनुहोला
    अहिले चाहिँ होइन
    हामी त केवल तपाईँको भोलिका लागि जन्मेका हौँ ।

    तपाईँ हिमाल चढेपछि शिखरबाट
    हामी र हामीजस्ता भुइँमान्छेलाई हेर्दा, सम्झिँदा
    बल्ल हिमाल चढेजस्तो अनुभूति होला तपाईँलाईहामी त तपाईँको त्यस बेलाका लागि जन्मिएका हौँ ।

    श्रीमान् श्रीमान् ज्यू,
    भावनामा बहकिएर आफ्नो असली पहिचान नगुमाउनुहोला
    कृपया अहिले तपाईले हामीलाई नसम्झिदिनुहोला
    हामी त केवल तपाईँको भोलिका लागि जन्मिएका हौँ
    हामी त तपाईँको त्यस बेलाका लागि जन्मिएका हौँ ।

  • सम्बन्धित विषय:

  • # साहित्य
  • प्रकाश बिश्वकर्मा

    प्रकाश बिश्वकर्मा मयूरपाटी डिजिटल पत्रिकाकाे प्रधान सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology