Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादीको सदस्य संख्या आज शुक्रबारसम्म सात लाख ३५ हजार पुग्यो

माओवादीको सदस्य संख्या आज शुक्रबारसम्म सात लाख ३५ हजार पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०७८ शुक्रवार • १३:१८:२५ बजे
  • 811
    SHARES
  • माओवादीको सदस्य संख्या आज शुक्रबारसम्म सात लाख ३५ हजार पुग्यो

    आज शुक्रबारसम्म सात लाख ३५ हजार जनाले माओवादी केन्द्रको संगठित सदस्यता लिएका छन् ।​

    images

    पेरिसडाँडास्थित माओवादी मुख्यालयमा शुक्रबार मध्यान्हसम्म सात लाख ३५ हजारले सदस्यता फारम भरेको कार्यालयका सचिव शिव खकुरेलले जानकारी दिए ।

    ‘अहिलेसम्म सात लाख ३५ हजारले सदस्यता लिएका छन्, गैरभौगोलिकबाट आउने संख्या एकीन गर्न बाँकी छ’, उनले भने ।

    खकुरेलका अनुसार सदस्यता लिने म्याद शनिबारसम्म बाँकी रहेकाले संख्या थपिने अनुमान केन्द्रिय कार्यालयले लिएको छ ।

    गत ६, ११, १२ र १३ असोजमा बसेको स्थायी कमिटीका निर्णय कार्यान्वयनका लागि जारी परिपत्रमा माओवादीले संगठन सुद्धृढीकरणको अभियानमा करिब ३० लाख ९४ हजार १६८ संगठित सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष्य राखेको उल्लेख गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology