Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादीको आन्तरिक चुनावमा उठ्न कति शुल्क बुझाउनु पर्छ जान्नुहोस

माओवादीको आन्तरिक चुनावमा उठ्न कति शुल्क बुझाउनु पर्छ जान्नुहोस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०७८ शुक्रवार • १४:३३:३० बजे
  • 844
    SHARES
  • माओवादीको आन्तरिक चुनावमा उठ्न कति  शुल्क बुझाउनु पर्छ जान्नुहोस

    आन्तरिक निर्वाचनमार्फत नेतृत्व चयन गर्न लागेको नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रसम्मका उम्मेदवार हुन पहिलोपटक शुल्कको व्यवस्था गर्ने तयारी गरेको छ ।

    images

    ४ मंसिरबाट वडा अधिवेसनमार्फत राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको माओवादीले वडा, पालिका, प्रदेशसहित केन्द्रका लागि शुल्क लिएर मात्र उम्मेदवारी दिन लगाउने भएको छ ।

    विष्णुपुकार श्रेष्ठ नेतृत्वको निर्वाचन समितिले बनाएको कार्यविधिअनुसार केन्द्रका बाहेक अन्य सबै तहका उम्मेदवारका लागि शुल्क निर्धारण गरिएको छ ।

    जसअनुसार वडा पदाधिकारीका लागि १०० रुपैयाँ तथा वडा सदस्य हुन ५० रुपैयाँ तोकिएको छ ।

    स्थानीय तहका पदाधिकारीका उम्मेदवारले ५०० र सदस्यहरूले ३०० शुल्क बुझाउनु पर्ने र प्रदेशमा पदाधिकारी हुन उम्मेदवारले एक हजार र सदस्यले ५०० सय रुपैयाँ उम्मेदवारी शुल्क बुझाए पछि मात्र निर्वाचन प्रक्रियामा भाग लिन पाउने श्रेष्ठले जानकारी दिएका छन् ।

    केन्द्रीय तहका उम्मेदवारको भने शुल्क निर्धारण हुन बाँकी छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology