Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादीको वडा अधिवशेन तयारी पूरा

माओवादीको वडा अधिवशेन तयारी पूरा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०७८ शुक्रवार • १७:२१:५७ बजे
  • 1.2K
    SHARES
  • माओवादीको वडा अधिवशेन तयारी पूरा

    नेकपा (माओवादी केन्द्र)ले शनिबार हुने पार्टीको वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

    images

    माओवादी केन्द्रीय निर्वाचन आयोगले शुक्रबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै शनिबार देशभरका सम्पूर्ण वडाहरुमा नेतृत्व चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ ।

    निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ । यस्तै, मंसिर ११ गते पालिकाको नेतृत्व चयन गर्ने र २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि निर्वाचन हुने माओवादी केन्द्रीय निर्वाचन आयोगाका अध्यक्ष बिष्णुपुकार श्रेष्ठले जानकारी दिए ।

    आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समितिहरु गठन गरिएको र समितिहरुलाई निर्वाचन नियमावलीबारे प्रशिक्षण दिएको श्रेष्ठले बताए ।

    प्रदेशको सम्मेलनपछि आगामी पुस ११ देखि १३ गतेदेखि पार्टीको राष्ट्रिय सम्मेलन हुने आयोगले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology