Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

समाजवादी प्रेस संगठन वैधानिक रूपमा दर्ता

समाजवादी प्रेस संगठन वैधानिक रूपमा दर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०७८ शुक्रवार • १८:३५:४२ बजे
  • 637
    SHARES
  • समाजवादी प्रेस संगठन वैधानिक रूपमा दर्ता

    समाजवादी प्रेस संगठन नेपालले दर्ता प्रक्रिया सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन शुक्रबार काठमाडौँ जिल्ला प्रशासनमा दर्ता भएको हो ।

    images

    संगठन स्थापनाको घोषणा गरेको एक साताभित्रै वैधानिक रूपमा आफ्नो दर्ता प्रक्रिया सम्पन्न गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालबाट संगठनका उपाध्यक्षद्वय प्रकाश खतिवडा र बुद्धिवीर बाहिङ राई, महासचिव भूपराज खड्का र संगठनका तथा पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्दप्रसाद चौलागाईंले संगठन दर्ताको प्रमाणपत्र सामूहिक रूपमा ग्रहण गरेका छन् ।

    संगठनले नेपाली पत्रकारिताको विकास, श्रमजीवी पत्रकारको हित र अधिकारका लागि क्रियाशील रहने, सूचनाको हक, मानवअधिकार र प्रेस स्वतन्त्रताका निम्ति संघर्ष गर्ने उद्देश्य राखेको महासचिव भूपराज खड्काले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology