Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ठगीमा परेका श्रमिकको कुरा नसुनी कुनै पनि मुद्दाको पुनरावलोकन गर्दिनँ : श्रममन्त्री श्रेष्ठ

ठगीमा परेका श्रमिकको कुरा नसुनी कुनै पनि मुद्दाको पुनरावलोकन गर्दिनँ : श्रममन्त्री श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०७८ शुक्रवार • १८:३९:२० बजे
  • 1.2K
    SHARES
  • ठगीमा परेका श्रमिकको कुरा नसुनी कुनै पनि मुद्दाको पुनरावलोकन गर्दिनँ : श्रममन्त्री श्रेष्ठ

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसन’ले वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाइने बताएका छन् ।

    images

    वैदेशिक रोजगार बोर्डको सहयोगमा वैदेशिक रोजगार पत्रकार समाजले शुक्रबार आयोजना गरेको ‘वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिबद्धता’ विषयक अन्तरक्रियामा उनले वैदेशिक रोजगार क्षेत्रलाई बेथिति मुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    “वैदेशिक रोजगारीमा जाने कुनै पनि श्रमिक ठगिनु हँदैन भन्नेमा म दृढ छु,” उनले भने,“यस क्षेत्रलाई व्यवस्थित बनाउन भएका कानुनलाई कडाइका साथ कार्यान्वयन गरिन्छ ।”

    वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिक ठगिने क्रम नरोकिएको स्वीकार गर्दै उनले ठगीमा परेका श्रमिकको कुरा नसुनी आफूले कुनै पनि मुद्दाको पुनरावलोकन नगर्ने बताए ।

    उनले भने,“पीडितलाई न्याय दिलाउन मन्त्रालय र वैदेशिक रोजगार विभाग कटिबद्ध छ ।”

    वैदेशिक रोजगारीमा सीपयुक्त जनशक्ति पठाउनुपर्ने, वैदेशिक रोजगारबाट फर्केका युवाको सीप परीक्षण, वैधानिक तवरबाट विप्रषण भित्र्याउन सरकारले कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको पुनः एकीकरणसम्बन्धी निर्देशिका छिट्टै मन्त्रालयबाट स्वीकृत हुने बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology