Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानन्यायाधीशद्वारा नेपाल बारलाई वार्ताको आह्वान

प्रधानन्यायाधीशद्वारा नेपाल बारलाई वार्ताको आह्वान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०७८ शुक्रवार • १८:४४:३० बजे
  • 658
    SHARES
  • प्रधानन्यायाधीशद्वारा नेपाल बारलाई वार्ताको आह्वान

    प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई वार्ताको आह्वान गरेका छन् । प्रधानन्यायाधीश जबराले शुक्रबार (आज) पत्र पठाएर बारका अध्यक्ष श्रेष्ठलाई वार्ताको आह्वान गरेका हुन् ।

    images

    बारका एक पदाधिकारीका अनुसार बारको सल्लाहकार समितिको बैठक सुरु हुन लाग्दा अध्यक्ष श्रेष्ठलाई सर्वोच्चबाट पत्र प्राप्त भएको थियो ।

    जहाँ अध्यक्ष श्रेष्ठले आफूलाई सर्वोच्चबाट आएको पत्रको व्यहोरा बैठकमा पढेर सुनाएका थिए । प्रधानन्यायाधीश जबराले आफू छलफल र संवादबाट अहिलेको समस्या समाधानका लागि तयार भएको पत्रमा उल्लेख गरेका बताइएको छ । साथै उनले जुनसुकै बेला वार्ता गर्न प्रस्ताव पनि गरेका छन् ।

    प्रधानन्यायाधीश जबराले आफूले न्यायपालिकाको सुधार र सुदृढिकरणका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको व्यहोरासमेत पत्रमा उल्लेख गरेका बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology