म्याग्दी ३ मंसिर । मंगल गाउँपालिका–५ अर्मनमा शुक्रबार नेकपा माओवादीको पहिलो वडा अधिबेशन सम्पन्न भएको छ । अर्मनमा भएको अधिवेशन अष्टमान घर्तीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी निर्बाचित गरेको छ ।
उपाध्यक्षमा तिलकबहादुर मगर , सचिबमा बल प्रसाद मगर , सहसचिवमा रेशम परियार , कोषाध्यक्षमा पस्मिता रोका , चयन हुनुभएको माओवादी केन्द्रका मगंला गाउँपालिका अध्यक्ष याम बहादुर रोकाले जानकारी दिनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्चार्ज चन्द्र प्रसाद बुढाथोकीले परिवर्तनलाई संस्थागत, संबिधान र ब्यवस्था बचाउन अग्रगामी शक्तिहरुबीच सहकार्य तथा माओवादी घटकहरुबचि एकतामा जोड दिनुभयो ।

सबै परिवर्तनको सम्बाहक माओवादी पुर्नगठन भएर बलियो बन्न थालेको छ दलित,महिला जनजातिलाई सम्मान दिनु अधिकार पर्छ भन्ने दल माओवादी केन्द्र हो,अहिले नेपाली जनताले बुझ्दै छ्न, वास्तविक पीडितहरुलाई उत्थान गर्ने पार्टी माओवादी केन्द्र हो ।
त्यसै सबै परिवर्तनकारी माओवादी समावेश भएर अगाडि बढ्नुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष याम बहादुर रोकाले देशलाई अहिले पुन माओवादी केन्द्रको आवश्यकता छ ।
भर्खरै हाम्रो पार्टी बाट प्रतिनिधित्व गरेर उर्जा मन्त्रालय समाल्नु भएकी मन्त्री पम्फा भुसाले २२ लाख गरिव जनतालाई टेवा पुग्ने गरि विद्युत महसुल घटाउनु भएको छ ।
यो काम माओवादीले मात्रै गर्न सक्छ भन्नू भयो भने कुल प्रसाद पुनले कार्यक्रममा शुभकामना मन्तव्य दिनु भएको थियो ।