Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बेनपा ३ साविक भकिम्लिमा माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न

बेनपा ३ साविक भकिम्लिमा माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०७८ शुक्रवार • २१:०१:४१ बजे
  • 1.7K
    SHARES
  • बेनपा ३ साविक भकिम्लिमा माओवादी केन्द्रको वडा अधिवेशन सम्पन्न

    म्याग्दी  ३ मंसिर । बेनपा ३ साविक भकिम्लिमा शुक्रबार नेकपा माओवादीको पहिलो वडा अधिबेशन सम्पन्न भएको छ । बेनपा ३ साविक भकिम्लिमा भएको अधिवेशन  खिम बहादुर पुनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी निर्बाचित गरेको छ ।

    images

    b2.jpg

    उपाध्यक्षमा दिलबहादुर रोका , सचिबमा रत्न जि.सि , सहसचिवमा दुर्पती छन्त्याल  , कोषाध्यक्षमा भिमकला परियार , चयन हुनुभएको माओवादी केन्द्रका वेनपा सह इन्चार्ज पदम पुनले जानकारी दिनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथी  माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य टेक बहादुर विकले परिवर्तनलाई संस्थागत, संबिधान र ब्यवस्था बचाउन अग्रगामी शक्तिहरुबीच सहकार्य तथा माओवादी घटकहरुबचि एकतामा जोड दिनुभयो ।

    b3.jpg

    सबै परिवर्तनको सम्बाहक माओवादी पुर्नगठन भएर बलियो बन्न थालेको छ दलित,महिला जनजातिलाई सम्मान दिनु अधिकार पर्छ भन्ने दल माओवादी केन्द्र हो,अहिले नेपाली जनताले बुझ्दै छ्न, वास्तविक पीडितहरुलाई उत्थान गर्ने पार्टी माओवादी केन्द्र हो ।  त्यसै सबै  परिवर्तनकारी  माओवादी समावेश भएर अगाडि बढ्नुपर्ने बताउनु भयो ।

    b4.jpg

    कार्यक्रममा बोल्दै वेनपा सह इन्चार्ज पदम पुनले देशलाई अहिले पुन माओवादी केन्द्रको आवश्यकता छ । देश विकास गर्नको लागि जनताले पुन एक पटक माओवादी केन्द्रलाई बहुमत भोट दिएर सरकारको नेतृत्वमा पठाउनु अहिलेको आवश्यकता हो ।

    देश विकास माओवादीले मात्रै गर्न सक्छ भन्नू भयो । कार्यक्रमको अध्यक्षता खिम बहादुर पुन र संचालन रत्न जिसिले गर्नु भयो भने स्वागत मन्तव्य दिल बहादुर रोकाले राख्नु भएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology