Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विप्लव निकट मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलन मंसिर ८ गते म्याग्दीमा हुने

विप्लव निकट मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलन मंसिर ८ गते म्याग्दीमा हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०७८ शुक्रवार • २३:२६:५५ बजे
  • 1.1K
    SHARES
  • विप्लव निकट मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलन मंसिर ८ गते म्याग्दीमा हुने

    नेकपालाई सरकारले प्रतिबन्ध फुकुवा गरेपछि पहिलोपटक महासचिव नेत्र बिक्रम चन्द विप्लव म्याग्दी आउने हुनेभएको छ ।

    images

    मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न यही मंसिर ८ गते म्याग्दी सदरमुकाम बेनीमा आउने पार्टीले जनाएको छ ।

    मोर्चाले शुक्रबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिब बिप्लब म्याग्दी आउने सम्मेलन आयोजक समितिका संयोजक गम बहादुर श्रीस मगरले बताउनुभयो ।

    ‘खुल्लामञ्चमा भब्य कार्यक्रम हुनेछ ।  मगर मुक्ति मोर्चा नेपालको मंसिर १ गते नवलपुरमा सम्पन्न तेस्रो पुर्ण वैठकको निणर्य अनुसार पार्टी पुनस्थापना दिवशको अवसर पारेर मंसिर ८ देखि १० गते सम्म म्याग्दीको बेनीमा चौँथो राष्ट्रिय सम्मेलनको आयोजना गरिएको जानकारी दिनु भयो  ।

    सम्मेलनलाई सभ्य र भव्य तरिकाले सम्पन्न पार्नका लागि बिभिन्न उपसमितिहरु गठन गरिएको छ । मंसिर ८ गते बिहान ११ बजे देखि बिभिन्न झाँकी र जुलुस सहित बेनी बजार परिक्रमा गरि खुल्ला मञ्चमा उद्घाटन गरिने, ९ र १० गते बन्द सत्र जिल्ला समन्वयको सभाहलमा सम्पन्न गर्ने कार्यक्रम तय भएको छ ।

    सम्मेलनमा देशभरिबाट १५२ जना प्रतिनिधि तथा परिवेक्षकहरु सहभागी हुने गम बहादुर श्रीसले जानकारी दिनु भयो  ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology