कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख ६३ हजार १ सय ३४ पुगेको छ । संक्रमितको संख्या बढेर २ करोड १३ लाख ४५ हजार ७ सय ३१ पुगेको छ । संक्रमितमध्ये १ करोड ४१ ला ३९ हजार ४ सय ६५ जना उपचारपछि घर फर्किएका छन् भने ६४ हजार ५ सय ३५ जनाको अवस्था गम्भीर छ ।
अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ७१ हजार ५ सय ३५ र ब्राजिलमा १ लाख ६ हजार ५ सय ७१ जनाको ज्यान गएको छ । भारतमा ४९ हजार १ सय ३४, रसियामा १५ हजार ४ सय ९८, मेक्सिकोमा ५५ हजार ९ सय ८, पेरुमा २५ हजार ६ सय ४८, स्पेनमा २८ हजार ६ सय १७ र बेलायतमा ४१ हजार ३ सय ५८ जनाको ज्यान गएको छ ।