Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली जनप्रगतिशिल मञ्च कतारको अध्यक्षतामा भण्डारी

नेपाली जनप्रगतिशिल मञ्च कतारको अध्यक्षतामा भण्डारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७८ शनिवार • १०:३५:४३ बजे
  • 1.7K
    SHARES
  • नेपाली जनप्रगतिशिल मञ्च कतारको अध्यक्षतामा भण्डारी

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को प्रवास समिति नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समिती कतारको पाँचौ अधिबेसन सम्पन्न भएको छ । शुक्रबार (नोभेम्बर १९,शुक्रवार) कतारको दोहा स्थित शालीमार रेस्टुरेन्टमा सम्पन्न अधिवेशनबाट बुद्धिप्रसाद भण्डारीको नेतृत्वमा नयाँ कार्यसमति चयन गरिएको छ ।

    images

    अधिबेशनले ५१ कार्यसमितिको नयाँ नेतृत्व पाएको छ । अधिबेशन बाट निर्वाचितहरुमा अध्यक्ष कमरेड बुद्धि प्रसाद भण्डारी , वरिष्ठ उपाध्यक्ष राजेन्द्र देवकोटा, उपाध्यक्षहरू उत्तम गुरुङ, सद्दाम हुसैन, कृष्ण पारियार, दुर्गा नन्द पासवान, महासचिव मोहमद कार्कि, सचिबहरु ।

    शेख़ शाहनवाज़ परवेज़, दिपक भट्टाराई, उत्तर ब रोक्का, कोषाध्यक्ष अमित गौतम , सहकोषाध्यक्ष सुनील चौधरी, युवा सम्योजक नेत्र आचार्य , महिला सम्योजक अम्बिका गौतम शर्मालगायत रहेका छन् ।

    नेकपा माओवादी केन्द्र पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रमुख अतिथि रहेको कार्यक्रममा बिशेष अतिथि प्रवास समन्वय समितीका अध्यक्ष ओम शर्मा , नेपाली जनप्रगतिशील मञ्चका मध्यपुर्व संयोजक शनी कुमार ओलि, मध्य पुर्ब सचिव हरि नेपालीको उपस्थितिमा रहेको थियो ।

    सचीव मोहन कार्कीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता रकमध्वज राईले गरेका थिए भने स्वागत मन्तव्य बुद्धि बहादुर भण्डारीले राखेका थिए ।

    कोभिड १९ को स्वस्थ्य मापदण्ड सतर्कता अपाउदै भर्चुअलमार्फत र भौतिक उपस्थितमा गरिएको पाँचौं अधिबेशन कार्यक्रममा गैरआवासीय नेपाली संघका सचीव राजेन्द्र कुमार शर्मा, गैरआवासीय नेपाली संघ मध्यपुर्व संयोजक प्रवीण गुरुङ, गैरआवासीय नेपाली संघ मध्यपुर्व क्षेत्रीय समितिका युवा संयोजक राज रेग्मी, नेपाली काङ्ग्रेसको केन्द्रिय सूचना तथा संचार बिभागका सदस्य बिमल सुवेदी, गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, प्रवासी नेपाली एकता मन्च कतारका अध्यक्ष रामहरी गैरे भौतिक रूपमा उपस्थित रहेर कार्यक्रमको शोभा बढाएका थिए ।

    यस्तै गैरआवासीय नेपाली संघका आइसिसी सदस्य केवि हमाल, नेपाली जनसम्पर्क समिती कतारका महामन्त्री केदार भुसाल, प्रवासी नेपाली मन्च कतारका उपाध्यक्ष जिया बाबू खान, नेपाली समाज कतारका उपाध्यक्ष कमलेश महतो, नेपाली जनप्रगतिशील मोर्चा कतार महासचिव रविन पुन मगर, संघीय लिम्बुवान सामाजिक मंचका वरिष्ठ अध्यक्ष डम्बर लिवाङ, नेपाल पत्रकार महासंघ कतार शाखा अध्यक्ष करिम बक्स मिया, नेपाल आदिवासी जनजाति महासङ्गका अध्यक्ष पुरुषोत्तम सुनुवार, गैरआवासीय नेपाली संघ कतारका निर्वतमान प्रथम उपाध्यक्ष उत्तम गुरुङ, गण्डकी प्रदेश समन्वय परिषदका अध्यक्ष राकेश श्रेष्ठ कार्यक्रम अतिथिका रुपमा रहेका थिए ।

    त्यसैगरी मध्यपुर्बमा स्थापित नेपाल जनप्रगतिशिल मञ्चका अध्यक्ष कमरेडहरु साउदी अरब, सिबराज जैसी दुबई, बाबुराम बिश्वकर्मा बहराइन, युबराज केशी ओमन, उमेश बिक कुबेत, मनु भुजेल इजरायल, अनिरुद्र पनि कार्यक्रम उपस्थित थिए ।

    त्यसैगरी सुभेच्छुक सुभचिन्तकहरु अनलाइन माध्यमबाट उपस्थित रहेका थिए ।

    साथै अधिबेशन हलमा क्षेत्रीय समितिका प्रतिनिधि तथा पर्यवेक्ष हरुको उत्साहपुर्ण सहभागीतामा पाचौं अधिवेशन ऐतिहासिक रुपमा सम्पन्न भएको थियो ।

    नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समिती कतार सन २००७ अगष्ट २ मा बिधिवत स्थापना भइ कतारमा समय सापेक्षताका आधारमा सबैसँग मित्रवत ब्यबहार राख्दै नेपाली नियोगसँग समन्वय गर्दै सामाजिक क्रियाकलापमा निरन्तर सहयोगि संगठनको भुमिकामा समाजिक रूपमा स्थापित रहेको संस्था हो ।

    नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समिती कतार नेपाल कम्युनिस्ट पार्टी ९ माओवादी केन्द्र०को प्रवास समितिमध्य सबैभन्दा धेरै सदस्य भएको संगठन हो । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology