Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादीलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न लागेको हो : प्रचण्ड

माओवादीलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न लागेको हो : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७८ शनिवार • १८:३८:०१ बजे
  • 730
    SHARES
  • माओवादीलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न लागेको हो : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठुलो दल बन्ने दाबी गरेका छन् । शनिबार रौतहटमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बनाएका हुन् ।

    images

    उनले आफूलाई सिध्याउने उद्देश्यले नेकपा (एमाले)ले चितवनमा महाधिवेशन गर्न लागेको भए पनि निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको बताए । “तपाईंहरुले बुझ्नुभयो होला । उनीहरु किन चितवन गएका हुन् ।

    प्रचण्ड र माओवादीलाई माया गर्न गएका होइनन् । सिध्याउन गएका हुन् । तर, जनताका अगाडि दुनियाँको कुनै पनि तागतको केही पनि लाग्ने छैन,” प्रचण्डले भने,“हामी जित्ने छौँ ।

    आउने निर्वाचनमा माओवादी पार्टी २०६४ सालको जस्तै एक नम्बर पार्टी बन्ने पूरै सम्भावना छ ।” उनले दलाल, भगौडा र कायरलाई तह लगाउनका लागि पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

    “सबै दलाल, गद्दार, भगौडा कायरहरुलाई हुंकार दिनुहोस् । आक्रमक ढंगले प्रस्तुत हुनुस् ।

    डराउनु पर्ने कुनै कारण छैन । हामी छौँ तपाईंहरुको साथमा । लड्न परे, मर्न परे सबभन्दा पहिला हामी मर्न तयार छौँ । दृढताका साथ अगाडि बढ्नुस्,” प्रचण्डले भने ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology