Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सामुदायिक पुँजी निर्माणले नै समाजवादको आधार : अर्थमन्त्री शर्मा

सामुदायिक पुँजी निर्माणले नै समाजवादको आधार : अर्थमन्त्री शर्मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७८ शनिवार • १८:३९:३९ बजे
  • 916
    SHARES
  • सामुदायिक पुँजी निर्माणले नै समाजवादको आधार : अर्थमन्त्री शर्मा

    अर्थमन्त्री जनार्दन शर्माले अबको कार्यदिशा उत्पादनमा आधारित रहेर सामुदायिक पुँजी निर्माण रहेको बताएका छन् ।

    images

    माओवादी पाँचथर–काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले सामुदायिक पुँजीलाई बलियो बनाउनुपर्ने र सामुदायिक पुँजी निर्माणले नै समाजवादको आधार तयार गर्ने बताएका हुन् ।

    मन्त्री शर्माले उत्पादनका साधन र स्रोतमाथि समुदायको स्वामित्व हुनुपर्नेमा जोड दिए । मन्त्री शर्माले सामुदायिक पुँजी निर्माणमा व्यक्तिगत प्रतिस्पर्धालाई समेत स्थान दिनुपर्ने धारणा राखे ।

    समूहमा काम गर्ने संस्कारको विकास गर्दै व्यक्तिगत प्रतिस्पर्धालाई समेत सँगै अगाडि बढाउनुपर्ने उनले बताएका हुन् । यस्तै समाजवाद नेपालको भूगोल तथा सामाजिक संरचनाका आधारमा निर्माण गरिनुपर्ने पनि मन्त्री शर्माले बताए ।

    उनले हिमाल, पहाड, तराई÷मधेस, कर्णाली, दलित, जनजातिलगायतको आधारमा मौलिक समाजवादको आधार तयार पार्नुपर्ने धारणा पनि राखे ।

    पछिल्लो समय चुनाव प्रणाली खर्चिलो भएको भन्दै मन्त्री शर्माले माओवादीले पुनः पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दालाई अघि सानुपर्ने धारणा समेत राखे ।

  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री शर्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology