Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

युरोपमा कोरोना सङ्क्रमण बढेपछि …

युरोपमा कोरोना सङ्क्रमण बढेपछि …

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७८ शनिवार • १८:४४:०१ बजे
  • 784
    SHARES
  • युरोपमा कोरोना सङ्क्रमण बढेपछि …

    एजेन्सी । युरोपका केही देशहरूमा कोरोनाभाइरस सङ्क्रमण बढेको छ ।

    images

    जर्मनी, अस्ट्रिया, नेदरल्यान्ड्स, इटली र यूकेमा कोभिड सङ्क्रमण दर बढेपछि ति देशहरूमा विभिन्न प्रतिबन्धात्मक उपायहरू अपनाउनुका साथै खोप अभियानलाई तीव्र बनाउन थालिएको छ। अस्ट्रियाले सोमवारदेखि २० दिनसम्म राष्ट्रभरि पूर्ण लकडाउनको घोषणा गर्ने जनाइएको छ ।

    त्यहाँ सन् २०२२ फेब्रुअरी १ देखि कोभिड खोपलाई लगाउनै पर्ने कानुनी बाध्यता बनाइएको छ । “हामी पाँचौँ लहर चाहँदैनौँ,” चान्सलर एलेक्सजान्डर स्यालेन्बर्गले नौ प्रान्तका गभर्नरहरूसँगको छलफलपछि भनेका छन् ।

    अस्ट्रियामा अहिले प्रति एक लाख जनसङ्ख्यामा १,०५० जनाको दरले सङ्क्रमण भएको तथ्याङ्कले देखाएको छ । यस्तै जर्मनीमा भने गएको साता दैनिक अत्यधिक सङ्क्रमण देखिएको छ।

    स्वास्थ्यमन्त्री यान्स स्पानले यसलाई “एकीकृत राष्ट्रिय बल आवश्यक पर्ने एउटा राष्ट्रिय आपत्काल” भनेका छन्।

    जर्मनीले खोप नलगाएका व्यक्तिलाई थप कडाइ गरिने बताएको छ। नयाँ नियमानुसार खोप नलगाएका व्यक्तिलाई खेल स्थल, सांस्कृतिक कार्यक्रम र रेस्टुराँजस्ता स्थानहरूमा प्रवेश निषेध गरिने छ।

  • सम्बन्धित विषय:

  • # कोरोना सङ्क्रमण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology