Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

१० दल आएपनि एमालेलाई कुनै फरक पर्दैन : अध्यक्ष ओली

१० दल आएपनि एमालेलाई कुनै फरक पर्दैन : अध्यक्ष ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७८ शनिवार • १८:४६:३१ बजे
  • 886
    SHARES
  • १० दल आएपनि एमालेलाई कुनै फरक पर्दैन : अध्यक्ष ओली

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउन अरु १० दल आएपनि कुनै फरक नपर्ने बताएका छन् ।

    images

    एमाले काठमाडौं महानगर कमिटीले शनिबार काठमाडौंको बसन्तपुरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा ओलीले एमाले सिद्धाउन पाँच दलीय गठबन्धन बनेको भन्दै अन्य १० दल आएपनि कुनै फरक नपर्ने बताएका हुन् ।

    त्यस्तै उनले एमालेलाई कसैको बैशाखी टेकेर हिड्नुपर्ने अवस्था नरहेको भन्दै आगामी निर्वाचन एमाले एक्लैले बहुमत ल्याउने दाबी गरे ।

    त्यस्तै उनले आगामी निर्वाचनमा सत्तागठवन्धनका केही दल कांग्रेसको औंला नसमाति हिँड्नै नसक्ने तर्क गरे । आफ्नो सरकार ढालेर कांग्रेसको औंला समातेर हिँड्नेहरुले चुनावसम्म गठवन्धन रहने कुरा गरिरहेको उनको भनाइ छ ।

    उनले संसदबाट प्रधानमन्त्री बन्नुपर्ने र हट्नुपर्ने भएपनि अन्तैबाट प्रधानमन्त्री नियुक्त भएको तर्क गरे । एमाले नेतृत्वको सरकारले मुलुकमा बिकासको लहर ल्याएकै कारण सरकारबाट हटाइएको उनले बताए ।

    उनले अहिले विकासको गति अवरुद्ध भएको भन्दै विकास निर्माणको कार्य अगाडि बढाउन एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने जिकिर गरे ।

    ओलीले अहिले एमाले सफा भएको भन्दै सदृढ एकताका साथ अगाडि बढ्ने उल्लेख गरे । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # अध्यक्ष ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology