Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महाधिवेशनमा माछा र मासु नटुटाइ, विशेष भोज ओलीले खुवाउने

महाधिवेशनमा माछा र मासु नटुटाइ, विशेष भोज ओलीले खुवाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७८ शनिवार • १८:४९:५८ बजे
  • 691
    SHARES
  • महाधिवेशनमा माछा र मासु नटुटाइ, विशेष भोज ओलीले खुवाउने

    आगामी मंसिर १० देखि १२ सम्म चितवनमा नेकपा एमालेको १० औँ महाधिवेशन भव्य रुपमा गर्न लागिएको छ । महाधिवेशनमा उपस्थित सबैका लागि गाँस, बाँसको दरिलो व्यवस्था गरिएको छ ।

    images

    तीन दिने महाधिवेशनको पहिलो विशेष भोज अध्यक्ष केपी शर्मा ओलीले खुवाउने बताइएको छ । १० मंसिरमा नारायणगढस्थित नारायणी नदी किनारमा एमाले महाधिवेशनको उद्घाटन सत्र हुँदैछ भने ११ र १२ मंसिरमा सौराहामा बन्द सत्र भव्य रुपमा आयोजना गरिएको छ ।

    बन्द सत्रका लागि भनेर होटेलका ३५ सय बेड अग्रिम बुकिङ गरिएको छ । बन्द सत्रको महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, स्वयंसेवक, अतिथि र पत्रकारहरूलाई निमन्त्रणा गरिएको छ ।

    बन्द सत्रका लागि भनेर होटल सेभेन स्टारमा सबैका लागि तीन छाक खानाको व्यवस्था भएको छ भने दुई छाक खाना भने बस्ने होटेलमै व्यवस्था गरिएको छ ।

    खानाको तालिका यस्तो छ : पहिलो विशेष भोज : मंसिर १० गते बेलुकी एमाले अध्यक्ष ओलीको तर्फबाट विशेष खानाको व्यवस्था ।

    बन्द सत्रको तीन छाक खानामा १०÷१० प्रकारका खानाको आइटमहरु रहेका छन् । प्रत्येक छाकमा खसीको मासु, कुखुराको मासु र माछा अनिवार्य राखिएको छ ।

    पहिलो छाक : सलाद बार, सादा खाना, मिक्स दाल फ्राई, राज्मा आलु, भेज करी, मटन करी, चिकन ओभन रोष्ट, माछा फ्राई, अचार र फलफूल। दोस्रो छाक : सलाद बार, सादा खाना, दाल मखनी, आलु गोभी, मसरुम मटर, मटन करी, चिकन डोपियाजा, माछा फ्राई, अचार साँदेको र सवुदाना ।

    अन्तिम वा तेस्रो छाक : सलाद बार, सादा खाना, कालो दाल, आलुबोडी तामा, भेज तरकारी, मटन करी, चिकन ओभन रोष्ट, माछा फ्राई, अचार र सिवाई।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology