म्याग्दी ४ मंसिर । मंगला गाउँपालिका वडा नम्बर ४ को नेकपा माओवादीको पहिलो वडा अधिबेशन सम्पन्न भएको छ ।
मंगला गाउँपालिका वडा ४ बुकेनीमा भएको अधिवेशन दलविर पुनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी निर्बाचित गरेको छ ।
उपाध्यक्षमा मन बहादुर थजाली , सचिबमा दिल बहादुर पुर्जा , सहसचिवमा चन्द्रकला थापा , कोषाध्यक्षमा ज्योति सापकोटा विक , चयन हुनुभएको माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी सदस्य टेक बहादुर विकले जानकारी दिनु भयो ।कार्यक्रमको संचालन उमेश विकले गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य टेक बहादुर विकले परिवर्तनलाई संस्थागत, संबिधान र ब्यवस्था बचाउन अग्रगामी शक्तिहरुबीच सहकार्य तथा माओवादी घटकहरुबचि एकतामा जोड दिनुभयो ।

सबै परिवर्तनको सम्बाहक माओवादी पुर्नगठन भएर बलियो बन्न थालेको छ दलित,महिला जनजातिलाई सम्मान दिनु अधिकार पर्छ भन्ने दल माओवादी केन्द्र हो,अहिले नेपाली जनताले बुझ्दै छ्न, वास्तविक पीडितहरुलाई उत्थान गर्ने पार्टी माओवादी केन्द्र हो ।
त्यसै सबै परिवर्तनकारी माओवादी समावेश भएर अगाडि बढ्नुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि मंगलागाउँ पालिका अध्यक्ष याम रोकाले देशलाई अहिले पुन माओवादी केन्द्रको आवश्यकता छ ।
देशका बुद्धिजीवीहरुले पनि यो कुरालाई मान्नु हुन्छ माओवादी केन्द्र बिना देश बिकास असम्भव रहेको छ । देश विकास माओवादीले मात्रै गर्न सक्छ भन्नू भयो ।

अतिथिहरु कुल पुन , होम नाथ पाण्डे, कृष्णलाल सापकोटा,मन मायाँ चोचाङ्गे, अर्जुन शाही, याम बहादुर विक, सुक मायाँ विक, सज्जन आचार्य, विकल कडेल,गणेश पुनले शुभकामना मन्तव्य राख्नु भएको थियो ।