Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीका ३० वटा वडामा माओवादीको नेतृत्व चयन

म्याग्दीका ३० वटा वडामा माओवादीको नेतृत्व चयन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७८ शनिवार • २०:५०:५८ बजे
  • 1.9K
    SHARES
  • म्याग्दीका ३० वटा वडामा माओवादीको नेतृत्व चयन


    बेनी,४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले शनिबार म्याग्दीका २२ वटा वडामा एकसाथ अधिवेशन गरेको छ । हालसम्म ३० वटा वडामा नेतृत्व चयन भएको माओवादी केन्द्र म्याग्दीले जनाएको छ ।

    बेनी नगरपालिका र मंगला गाउँपालिकाको सबै वडामा नेतृत्व चयन भएको छ । जिल्ला संयोजक रेशम जुग्जालीका अनुसार यसअघि ८ वटा वडामा अधिबेशन भइसकेको थियो ।

    images

    MC malika 3 Dadagau.jpg

    “बाँकी १५ वटा वडामा पनि ११ गते हुने पालिका अधिबेशन अघिनै नेतृत्व चयन गर्ने तयारी भएको छ,” उहाँले भन्नुभयो “बेनी नगरपालिका र मंगला गाउँपाकिलाको सबै वडामा अधिबेशन सकिएको छ ।”

    संयोजक जुग्जालीले म्याग्दीमा माओवादी केन्द्रको सदस्य संख्या तीन हजार जना पुगेको पनि जानकारी दिनुभयो । छ वटा स्थानीय तह रहेको म्याग्दीमा ४५ वटा वडा छन् । अधिबेशन भएका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

    अधिवेशनबाट पाँच पदाधिकारीसहित २९ सदस्यीय नयाँ वडा कमिटी निर्वाचित हुनेछ । संयोजक जुग्जालीका अनुसार म्याग्दीमा माओवादीको सङ्गठित सदस्यको संख्या तीन हजार पुगेको छ ।

    यसअघि मंगला गाउँपालिकाको १, २ र ३ नम्बर वडाको अधिबेशन गरेको माओवादीको शनिबार वडा न. ४ मा भएको अधिबेशनले वडा कमिटीको नयाँ नेतृत्व चयन गरेको छ । दलबिर पुनको अध्यक्षतामा गठन भएको मंगला ४ को वडा कमिटीको उपाध्यक्षमा मनबहादुर थजाली, सचिबमा दिलबहादुर पुर्जा, कोषाध्यक्षमा ज्योती सापकोटा र सहसचिबमा चन्द्रकली थापा चयन हुनुभएको छ ।


    दलबिर पुनको अध्यक्षता, माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य टेकबहादुर बिश्वकर्माको प्रमुख आतिथ्यता र उमेश बिकको सञ्चालनमा भएको अधिबेशनमा गाउँपालिका कमिटीका अध्यक्ष यामबहादुर रोका लगायतको उपस्थिति थियो ।

    शुक्रबार मंगला गाउँपालिका ५ अर्मनमा भएको अधिबेशनबाट अस्तमान घर्तिको अध्यक्षतामा तिलकबहादुर मगर उपाध्यक्ष, बलप्रसाद रोका सचिब, पस्मिता रोका कोषाध्यक्ष र रेशम परियार सहसचिब रहेको वडा कमिटि गठन भएको थियो ।

    रघुगंगा गाउँपालिकाको वडा नम्बर १ बेगमा खिम पुर्जाको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन भएको छ । रघुगंगा–२ भगवतीमा बिरबहादुर कटुवाल (बालकृष्ण)को अध्यक्षतामा गठन भएको २९ सदस्यीय वडा कमिटिको उपाध्यक्षमा निर्मल कटुवाल र बिस्सु भण्डारी, सचिबमा राजेश परियार, सहसचिबमा कल्पना भण्डारी चयन हुनुभएको माओवादी केन्द्रका रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरी भण्डारीले जानकारी दिनुभयो ।

    MC Malika 5 Devisthan.jpg

    निर्बाचित वडा अध्यक्ष तथा माओवादीको गाउँपालिका कमिटिका इञ्चार्ज रिम कटुवालको प्रमुख आतिथ्यतामा अधिबेशन भएको थियो । रघुगंगा गाउँपालिका–३ पिप्लेमा रमेश शर्मा (नारायण)को अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि चयन भएको छ । कमिटीको उपाध्यक्षमा चिना केसी, सचिबमा प्रकाश सुबेदी, कोषाध्यक्षमा सरस्वती मल्ल र सहसचिबमा मिना मिजार चयन हुनुभएको छ ।  

    MC Beni 1 ko Ward aadhibesan.jpg

    बेनी नगरपालिकाको वडा न. ६ मा यादब सुबेदी, ७ मा बिजय किसान र ८ मा मोहन बरुवालको अध्यक्षतामा २९÷२९ सदस्यीय वडा कमिटी गठन भएको छ । ८ नम्बर वडाको अधिबेशन गण्डकी प्रदेश सांसद बिनोद केसीको प्रमुख आतिथ्यता र ७ नम्बर वडाको अधिबेशन नगर कमिटि अध्यक्ष सेरबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    नगर कमिटि अध्यक्ष केसीको प्रमुख आतिथ्यता र जिल्ला सदस्य अणबहादुर खड्का (भगवान) को अध्यक्षतामा बेनपा–४ सिंगामा सम्पन्न वडा अधिबेशनबाट केन खत्री (सन्दिप)को अध्यक्षतामा वडा कमिटी गठन भएको छ ।

    उपाध्यक्षमा बिरेन्द्रमान शाक्य, सचिबमा तेजबहादुर बानिया, कोषाध्यक्षमा भिम गुरुङ र सहसचिबमा बलबहादुर आले चयन हुनुभएको छ । वडा अधिबेशनमा थामडाडाँका दृष्टिबिहिन ध्रुब गुरुङले माओवादीको पार्टी सदस्यता लिनुभएको थियो ।

    बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौरमा हिराबहादुर बोगटी (सुरत)को अध्यक्षतामा गठन भएको वडा कमिटीको उपाध्यक्षमा अशोक थापा, सचिबमा नरबहादुर थापा (निशान), सहसचिबमा अमरबहादुर बोगटी र कोषाध्यक्षमा दिवाना थापामगर रोका रहनुभएको नगर सहसंयोजक ज्योती लामिछानेले जानकारी दिनुभयो ।  

    MC Raghunga 2 Bhagawati.jpg

    बेनी नगरपालिकाको वडा नम्बर ९ मा सुर्यप्रकाश बानिया (सागर)को अध्यक्षतामा गठन भएको २९ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा कल्पना सुबेदी, सचिबमा राम मिजार, कोषाध्यक्षमा मनु नेपाली र सहसचिबमा शोभा सुबेदी रहनुभएको वाइसीएलका जिल्ला संयोजक सन्दिप खत्रीले जानकारी दिनुभयो ।

    घतानमा गण्डकी प्रदेश सांसद बिनोद केसीको प्रमुख आतिथ्यतामा वडा अधिबेशन भएको थियो । वडा नम्बर २ ज्यामरुककोटमा कृष्ण कार्की १० नम्बर वडा पात्लेखेतमा केशबहादुर बस्यालको अध्यक्षतामा वडा कमिटी गठन भएको छ ।

    बेनी नगरपालिकाको वडा नम्बर ५ पुलाचौरमा बिज्ञान केसी अध्यक्ष, भरत भण्डारी उपाध्यक्ष, गोर्खबहादुर किसान सचिब, मुरारी शर्मा कोषाध्यक्ष र सुस्मिता बानिया सहसचिब रहेको २९ सदस्यीय वडा कमिटी गठन भएको जिल्ला इञ्चार्ज गोबिन्द पौडेलले जानकारी दिनुभयो ।

    यसगरी अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ शिखमा उदिप्रसाद पाइजा, ६ घारमा टिकबहादुर बरुवालको अध्यक्षतामा १७ सदस्यीय र वडा नम्बर ७ हिस्तानमा नन्दबहादुर पुनको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि गठन भएको गाउँपालिका इञ्चार्ज बुद्धी पुनले जानकारी दिनुभयो ।

    मालिका गाउँपालिकाको वडा नम्बर ५ देबिस्थानमा पालिका इञ्चार्ज कुशल पौडेलको प्रमुख आतिथ्यतामा भएको अधिबेशनले रबिन्द्र राना अध्यक्ष, हिराबहादुर बिक उपाध्यक्ष, तुलनारायण पुन सचिब, बिमला श्रीपाली सहसचिब र रामकुमार नेपाली कोषाध्यक्ष रहेको वडा कमिटी गठन गरेको छ ।
    MC Malika 5 Devisthan.jpg
    मालिका गाउँपालिका ३ डाडागाउँमा मोतिप्रसाद बुढाको अध्यक्षतामा गोबिन्दबहादुर पटेल उपाध्यक्ष, लालबहादुर घताने सचिब, रिपाशा घर्ति सहसचिब र सर्मिला जैसी बिटालु रहेको वडा कमिटी गठन भएको जिल्ला संयोजक रेशम जुग्जालीले जानकारी दिनुभयो ।

    संयोजक जुग्जालीका अनुसार दरबाङमा ओमबहादुर रोका अध्यक्ष, खिमानन्द निउरे उपाध्यक्ष, नन्दप्रसाद सुनार सचिब, यामकुमारी सुनार सहसचिब र भोमसरा रोका कोषाध्यक्ष रहेको वडा कमिटी गठन भएको छ ।

    वडा नम्बर ४ ओखरबोटमा रेशम पुनको अध्यक्षतामा उदबिर रसाइली उपाध्यक्ष, दलबहादुर खड्का क्षेत्री सचिब, आसिमान श्रीपाली सहसचिब र छिता बिक कोषाध्यक्ष रहेको वडा कमिटी गठन भएको छ ।

    धवलागिरी गाउँपालिका, मालिका, रघुगंगा र अन्नपूर्णका बाँकी वडामा पनि छिट्टै अधिबेशनको तयारी भएको छ । धेरै ठाउँमा नेतृत्व हस्तान्तरण भएको छ । वडा कमिटीको पदाधीकारीमा युवा, दलित र महिलाहरुको बाहुन्यता देखिएको जिल्ला इञ्चार्ज पौडेलले बताउनुभयो ।
    MC Raghunga 2 Bhagawati.jpg
    मंगला गाउँपालिकाको १, २ र ३, रघुगंगाको ५ र ६ बेनीको ३, धवलागिरीको २ र मालिकाको २ नम्बर वडाको अधिबेशन यसअघिनै भएको थियो । १५ वटा वडामा नेतृत्व चयन गर्न बाँकी छ ।

  • सम्बन्धित विषय:

  • # माओवादीको नेतृत्व चयन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology