Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

केपी ओलीको अहंकारी र दम्भ प्रवृति कहिल्यै सफल हुँदैन : माधव नेपाल

केपी ओलीको अहंकारी र दम्भ प्रवृति कहिल्यै सफल हुँदैन : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७८ शनिवार • २१:१३:०० बजे
  • 1.1K
    SHARES
  • केपी ओलीको अहंकारी र दम्भ प्रवृति कहिल्यै सफल हुँदैन : माधव नेपाल

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीको अहंकारी र दम्भ प्रवृति कहिल्यै सफल नहुने बताएका छन् ।

    images

    नेकपा एकीकृत समाजवादी तनहुँ काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा रहदा ओलीको अहंकारी र दम्भका साथै सत्ता लिप्सा हावी भएका कारण आफुहरुले बिद्रोह गरेको भन्दै अहंकारी र दम्भ प्रवृति कहिल्यै सफल नहुने बताएका हुन् ।

    उनले ओली प्रवृतिबाट निराश भए समाजवादीमा प्रवेश गर्नेहरुको संख्या पनि बढेको तर्क गरे । केन्द्र तथा प्रदेशबाट बाहिरिनुपरेको एमाले अव जिल्ला जिल्लामा पनि शुन्यको अवस्थामा पुग्ने उनले बताए ।

    त्यस्तै अध्यक्ष नेपालले असल मान्छे नपाएकाले एमालेले पार्टीको झण्डा गैंडालाई बोकाएको टिप्पणी गरे ।

    कार्यक्रममा अध्यक्ष नेपालले बिभिन्न दलबाट आएका कार्यकर्तालाई नेकपा एकीकृत समाजवादी प्रवेश गराएका थिए ।

  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology