Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गायिकाले मुखमा पिसाब गरिदिएपछि...

गायिकाले मुखमा पिसाब गरिदिएपछि...

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७८ शनिवार • २३:२७:१६ बजे
  • 1.2K
    SHARES
  • गायिकाले मुखमा पिसाब गरिदिएपछि...

    अमेरिकाकी एक चर्चित गायिकाले लाभइ कन्सर्टका बेला आफ्ना एक प्रशंसकमाथि जे गरिन् त्यसले बबाल निम्तिएको छ । गायिकाको चौतर्फी आलोचना भइरहेको छ ।

    images

    अब गायिकाले आफ्नो यस्तो व्यवहारका लागि माफी मागेकी छिन् । वास्तवमा गायिका तथा गीतकार सोफिया उरिस्ताले आफ्नो प्रस्तुतीका बेला एक प्रशंसकको अनुहारमा पिसाब गरिदिइन् ।

    यसको भिडियो सोसल मिडियामा भाइरल भएको थियो । स्टेजमा प्रशंसकलाई बोलाइन् र त्यसपछि... न्युयोर्क पोस्टको एक रिपोर्ट अनुसार गायिका सोफिया उरिस्ताले केही दिन अघि लाइभ कन्सर्टका बेला स्टेजमा आफ्नो पुरुष प्रशंसकलाई बोलाए र उनलाई सुताएर उनको अनुहारमा पिसाब गरिन् ।

    सोसल मिडियामा यसको भिडियो भाइरल हुने बित्तिकै मानिसहरु भड्किए र माफी माग गर्न थाले ।

    त्यसपछि अन्ततः सोफियाले आफ्नो यो व्यवहारका लागि माफी मागेकी छिन् ।

    इन्स्टाग्राम पोस्टमा जताए खेदः सोफिया उरिस्ताले इन्स्टाग्राममा आफ्नो उद्देश्य कसैलाई दुःख पु¥याउने नभएको बताइन् । उनले भनिन्, ‘म सधैं स्टेजमा आफ्नो सीमामा नै बसिरहेकी हुन्छ ।

    म कुनै चकित पारिदिने व्यवहारमार्फत् नभई आफ्नो सङ्गीतमार्फत् मानिसहरुको ध्यान आकर्षित गर्न चाहन्छु । जे जति भयो, म यसका लागि माफी चाहन्छु ।’ कतै यो पब्लिसिटी स्टन्ट त होइन ? यो पूरा मामिलामा गायिकाको ब्यान्ड ‘ब्रास अगेन्स्ट’ ले पनि माफी मागेको छ ।

    ब्यान्डले आफ्नो एक बयानमा सोफिया असाध्यै धेरै उत्साहित भएको र यसबारे आफूहरुलाई थोरै पनि आशा नभएको बतायो । ब्यान्डले भनेको छ, ‘हामी बचन दिन चाहन्छौं कि तपाईंहरुले हाम्रो कार्यक्रममा यस्तो अब उप्रान्त हेर्नु पर्नेछैन । यो पुरा घटना अप्रत्याशित थियो । ’

    यद्यपि, माफी मागेपछि यो घटना पुनः चर्चामा छाएको छ । अब मानिसहरु यसलाई पब्लिसिटी स्टन्ट बताइरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # पिसाब गरिदिएपछि...
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology