Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपाको संकट तत्कालका लागि अन्त्य,महाधिवेशनबाट ओली प्रधानमन्त्री ' प्रचण्ड पार्टी अध्यक्ष हुने

नेकपाको संकट तत्कालका लागि अन्त्य,महाधिवेशनबाट ओली प्रधानमन्त्री ' प्रचण्ड पार्टी अध्यक्ष हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३१, २०७७ शनिवार • १०:५४:१८ बजे
  • 2.4K
    SHARES
  • नेकपाको संकट तत्कालका लागि अन्त्य,महाधिवेशनबाट ओली प्रधानमन्त्री ' प्रचण्ड पार्टी अध्यक्ष हुने
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद समाधानका लागि गठन भएको कार्यदलले आजदेखि आफ्नो काम सुरु गर्दैछ । दिउँसो १२:३० बजे महासचिव विष्णु पौडेलको निवास भैँसेपाटीमा कार्यदलको बैठक बस्ने कार्यदल सदस्य पम्फा भुषालले जानकारी दिइन् ।
     
    नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको संवाद सकरात्मक उन्मुख भएपछि महासचिव पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल, शंकर पोखरेल र जनार्दन शर्मा सदस्य रहेको कार्यदल गठन गरिएको थियो ।
    कार्यदलले अध्यक्षद्वयबीच भएको महाधिवेशन केन्द्रित छलफलका आधारमा सहमतिको प्रतिवेदन तयार गर्नेछ । त्यसैअनुसार नेकपाको औपचारिक बैठकबाट प्रतिवेदनमा उल्लेख भएका सुझावका आधारमा सहमति खोजिने छ ।

    एक सचिवालय सदस्यले नेकपामा तत्काल देखिएको विवाद समाधान भएको बताएका छन् । अब औपचारिकताका लागि मात्रै कार्यदल बनाइएको हो । चैतसम्म महाधिवेशन गर्ने, राजनीतिक लाइन जनताको जनबाद हुने, सहमतिमा नेतृत्व चयन गर्ने, महाधिवेशनबाट प्रचण्ड पार्टी अध्यक्ष हुने र ओली बाँकी समय पनि प्रधानमन्त्री बन्नेलगायतका सहमति अध्यक्षद्वयबीच भएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology