Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतको आन्ध्र प्रदेशको बाढीमा १७ जनाको मृत्यु, दर्जनौ बेपत्ता

भारतको आन्ध्र प्रदेशको बाढीमा १७ जनाको मृत्यु, दर्जनौ बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७८ आइतवार • ०८:१८:०५ बजे
  • 1.7K
    SHARES
  • भारतको आन्ध्र प्रदेशको बाढीमा १७ जनाको मृत्यु, दर्जनौ बेपत्ता

    एजेन्सी । भारतको आन्ध्र प्रदेशमा आएको अबिरल वर्षापछिको बाढीबाट कम्तिमा १७ जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएका छन् ।

    images

    वर्षापछि तीन तले घर भत्किदा अनन्तपुर जिल्लाको कादिरी सहरमा एक बृद्धा र तीन बालबालिकाको पुरिएर मृत्यु भएको छ । घरभित्र फँसेका चार जनाको उद्दार कार्य जारी छ ।

    बाढीका कारण तिरुपती सहरमा हजारौं तीर्थयात्री फँसेका छन् । तिरमला पहाडको चुचुरोमा रहेको श्री भेनकटेस्वरा मन्दिरमा दर्शन गर्न हिँडेका सयौं तीर्थयात्री अलपत्र परेका छन् ।

    सडक बगाउँदा यात्रु बोकेर तिरुपतीतर्फ जाँदै गरेका तीन ओटा बस बाटोमै फँसेका छन् । बाढीले आन्ध्र प्रदेशका धेरै स्थानको सडक बगाएको छ । बाढीबाट सबैभन्दा बढी रायलासीमा क्षेत्र प्रभावित भएको छ ।

    त्यस्तै, बाढीका कारण चित्तोर, कादपा, कर्नुल र अनन्तपुर जिल्ला प्रभावित छन् ।

    बिहीबारदेखि परेको बर्षाका कारण चेयुरु नदी बहाब बढेको छ । बाढी प्रभावितको उद्दारका लागि राष्ट्रिय र राज्य विपद् समूह परिचालन गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # भारतको आन्ध्र प्रदेश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology