Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चीनविरोधी देशहरूलाई ‘ताईवान कार्ड’ प्रयोग नगर्न चीनकाे चेतावनी

चीनविरोधी देशहरूलाई ‘ताईवान कार्ड’ प्रयोग नगर्न चीनकाे चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७८ आइतवार • १२:०४:५८ बजे
  • 1.1K
    SHARES
  • चीनविरोधी देशहरूलाई ‘ताईवान कार्ड’ प्रयोग नगर्न चीनकाे चेतावनी

    एजेन्सी । चीनका विदेशमन्त्री वाङ यीले चीनले ताइवानको स्वतन्त्रतालाई स्वीकार नगर्ने बताएका छन् । चीनविरोधी देशहरुलाई ‘ताईवान कार्ड’ प्रयोग नगर्न चेतावनी दिँदै उनले ताइवानको स्वतन्त्रतालाई स्वीकार नगर्ने बताएका हुन् ।

    images

    ताइवानको विषयलाई लिएर अन्य देशहरुसँग द्वन्द्व गर्ने चीनको आशय नभएको उनले बताए । उनले चीन र अमेरिकाबीचको सम्बन्धले विश्वकै भविष्य निर्धारण गर्ने पनि बताए ।

    ताईवानले अमरिकाले प्रदान गरेको अत्याधुनिक लडाकु जेट एफ–१६ भी परिचालन गरिरहेको पृष्ठभूमिमा चीनका विदेशमन्त्रीको यस्तो टिप्पणी आएको हो ।

    सो जेट ताईवान र अमेरिकाबीचको साझेधारीको बिम्ब भएको ताइवानका राष्ट्रपति साई इन वेनले बताएका छन् । गत महिना ताइवानको हवाई क्षेत्रमा चीनले ठूलो संख्यामा लडाकु विमानहरू उडाएको थियो ।

    त्यसको अमेरिकाले विरोध गदैै आएको थियो । चीनले ताइवानमाथि हमला गरे ताइवानलाई सहयोग गर्ने अमेरिकाले बताउँदै आएको छ ।

    चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार विदेशमन्त्री वाङले पछिल्लो समय चीन र अमेरिकाबीचको व्यापार सम्बन्ध बिग्रिएको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # चीनविरोधी देश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology