Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

ओलीको योजनामा धक्का, भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा

ओलीको योजनामा धक्का, भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७८ आइतवार • १३:०१:१७ बजे
  • 2.3K
    SHARES
  • ओलीको योजनामा धक्का, भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा

    एमालेका भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावलका सहयोगी एकिन्द्र कुँवरले रातोपाटीलाई जानकारी दिए ।

    images

    ‘आज विशेष पत्रकार सम्मेलन गरेर १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लाग्नुभएको छ’, उनले भने । रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको बताइएको छ ।

    चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा वर्तमान उपाध्यक्ष रावलले उम्मेदवारी दिने भएसँगै केपी ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का लाग्ने देखिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology