Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युद्धको बेलामा भएको कमिकमजोरीको छानविन गरी सत्य तथ्य साार्वजनिक गर्न हामी प्रतिवद्ध छौः प्रचण्ड (विज्ञप्ति)

युद्धको बेलामा भएको कमिकमजोरीको छानविन गरी सत्य तथ्य साार्वजनिक गर्न हामी प्रतिवद्ध छौः प्रचण्ड (विज्ञप्ति)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७८ आइतवार • १४:०२:४७ बजे
  • 625
    SHARES
  • युद्धको बेलामा भएको कमिकमजोरीको छानविन गरी सत्य तथ्य साार्वजनिक गर्न हामी प्रतिवद्ध छौः प्रचण्ड (विज्ञप्ति)

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युद्धको बेलामा भएको कमिकमजोरीको छानविन गरी सत्य तथ्य साार्वजनिक गर्न आफू तयार रहेको बताएका छन् । शान्ति साम्झौता गरेको १५ वर्ष पुगेको अवसरमा प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले यस्तो प्रतिवद्धता जनाएको छन्।

    images

    उनले युद्धलाई शान्तिमा रुपान्तरण गरेपछि अहिलेसम्म पहिलो चरणको काम सम्पन्न भएको बताएका छन् । उनले अब दोस्रो प्रकृयाको काम सामाजिक मेलमिलापको काम बाँकी रहेको र त्यसलाई पनि पुरु गर्न आफूहरु सधै तयार रहेको उनले बताएका छन् ।

    विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १५ औं वर्षका अवसरमा जारी प्रेस वक्तव्य

    बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको पन्ध्र वर्ष बितेको छ । यो अवधिमा हामीले नेपाली समाजका समस्याहरुलाई सम्बोधन गर्न राज्यको अग्रगामी पुनर्संरचना, लोकतन्त्रलाई संस्थागत गर्ने समावेशी समानुपातिक सहभागितामा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरी ऐतिहासिक रुपमा आदिवासी जनजाति, महिला, दलित, मुस्लिम, अल्पसंख्यक तथा युवाहरुको भुमिका बढाउने प्रयत्नमा उल्लेखनीय सफलता हासिल गरेका छौं । ती सफलताप्रति हामीलाई गर्व छ । यो प्रक्रियामा योगदान गर्ने सबैलाई हार्दिक बधाई छ ।

    संविधानसभावाट संविधान, सोको कार्यान्वयनकानिम्ति ऐतिहासिक निर्वाचन र निर्वाचित पदाधिकारीहरुले पहिलो कार्यकाल सफलतापुर्वक सम्पन्न गर्दै अर्को निर्वाचनको तयारीमा प्रवेश गरिसकेको अवस्था छ । नेपाली सेनाको लोकतान्त्रिकरण र जनमुक्ति सेनाको समायोजनको काम सम्पन्न भैसकेको छ ।

    शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको द्वन्द्वकालिन घटनाको सत्य तथ्य छानविन गरी मेलमिलापको वातावरण तयार गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानविन आयोगहरु गठन भै कार्यरत छन् । संवैधानिक रुपमा स्थापित गरिएका राष्ट्रिय मानवअधिकार आयोग, महिला, दलित, आदिवासी जनजाति आयोग जस्ता आयोगहरुले पनि आफ्नो ठाउमा मानवअधिकार र शान्तिकालागि आफनो भुमिका निर्वाह गरिरहेकै छन् ।

    युद्धलाई शान्तिमा रुपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भएपनि सो अवधिमा घटेका घटनाको सत्य तथ्य छानविन गरी सार्वजनिक गर्न, पीडितहरुलाई परिपुरण र संक्रमणकालिन न्यायको मान्यतामा आधारित छानविनको प्रकृयाबाट टुङ्गोमा पुराई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी छ ।

    आजसम्मका राजनैतिक उपलव्धीहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमिकमजोरीहरुको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिवद्ध छौं । यो मामला सरकारको मात्र मामला नभै राज्यको मामला हो यसर्थ यस विषयमा आजका दिनसम्म सत्ता पक्ष र प्रतिपक्ष एकमत छौं र बाँकी काम सम्पन्न गर्न पनि प्रतिवद्ध र एकतावद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्ने हामी सम्वद्ध सबै पक्षलाई विश्वास दिलाउन चाहन्छौ ।

    सहिद तथा वेपत्ता परिवार, घाईते, विस्थापित लगायतका पीडितहरुसँगको परामर्शमा अन्तर्राष्ट्रिय मापदण्डको परिपालना गर्दै, नेपाली मौलिकतामा विधेयकलाई परिमार्जन गरी आगामि अधिवेशनमा टुङ्गोमा पुराउन र शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न प्रतिवद्ध छौं । साथै शान्ति र महिला सम्बद्ध संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्ताव नं. १८२० तथा १३२५ को पहिलो राष्ट्रिय कार्ययोजना सफलतापुर्वक सम्पन्न गरिसकेको पृष्ठभुमिमा दोश्रो कार्ययोजनासमेत कार्यान्वयन गर्ने कुरा पनि विश्वस्त पार्न चाहन्छौ । आजको यस ऐतिहासिक दिनमा हाम्रो यो प्रतिवद्धता पुरा गर्न सवै सम्वद्ध पक्षबाट सहयोगको अपेक्षा पनि गर्दछौँ ।
    ५ मंसिर, २०७८
    …………………..
    पुष्पकमल दाहाल ‘प्रचण्ड’
    अध्यक्ष
    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology