Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२०१५ सालमा सुरु गरेका सिँचाइ अभियानलाई पूर्णता दिने सरकारको प्रतिबद्धता

२०१५ सालमा सुरु गरेका सिँचाइ अभियानलाई पूर्णता दिने सरकारको प्रतिबद्धता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७८ सोमवार • ०८:२१:४० बजे
  • 694
    SHARES
  • २०१५ सालमा सुरु गरेका सिँचाइ अभियानलाई पूर्णता दिने सरकारको प्रतिबद्धता

    प्रधानमन्त्री शेरबहादुर देउवाले कृषिका दृष्टिकोणले अत्यन्तै उर्वर मानिने सुनसरीको दक्षिणी क्षेत्रमा जननायक विश्वेश्वरप्रसाद कोइरालाले २०१५ सालमा सुरु गर्नुभएको सिँचाइ अभियानलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    images

    बीपी कोइरालाले तत्कालीन समयमा चन्दामोहन सिँचाइ योजनाको अवधारणा अगाडि सार्नुभएको सन्दर्भलाई जोड्दै प्रधानमन्त्री देउवाले सुनसरीका दक्षिणी क्षेत्रका किसानका लागि सुनसरी खोलामा प्रभावकारी सिँचाइको व्यवस्था गर्न सरकारले आगामी पूरक बजेटमा रकम विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

    सुनसरीको दक्षिणी सीमावर्ती देवानगञ्ज गाउँपालिकाको नवनिर्मित भवनको आइतबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले सुनसरी र मोरङका कृषियोग्य जमिनमा सिँचाइ सुविधालाई विस्तार गर्ने क्रममा अगाडि सार्नुभएको सुनसरी खोला सिँचाइ आयोजनालाई पूूर्णता दिन हामी प्रतिबद्ध छौँ ।”

    नेपाली काँग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको राजनीतिक कर्म भूूमिका रूपमा परिचित सुनसरीको दक्षिणी क्षेत्रमा सिँचाइ सुविधाका लागि कोइरालाले तत्कालीन समयमा सुनसरी खोला सिँचाइ आयोजना सुरु गरे पनि त्यस समयपछिका कुनै पनि सरकारको ध्यान नपुग्दा लामो समयदेखि बीपीले परिकल्पना गरेको सिँचाइ सुविधाको अभावमा यस क्षेत्रका किसान पीडित छन् ।

    यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # सरकारको प्रतिबद्धता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology