Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड !!

कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड !!

Sobizpress SuAdmin

Sobizpress SuAdmin

आषाढ २, २०७७ मंगलवार • १२:२४:०६ बजे
  • 1.4K
    SHARES
  • कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड !!

    नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार नाघेको छ । आज एकैदिन चार सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितकाे सङ्ख्या ६ हजार दुई सय ११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा एक जना, वीरगञ्जमा भएको परीक्षणमा ११ जना, पोखरामा गरिएको परीक्षणमा पाँच जना, सेती अस्पतालमा भएको परीक्षणमा नाै जना, भेरी अस्पताल प्रयोगशालामा २४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा पाँच जना, जनकपुरमा गरिएको परीक्षणमा २४ र भरतपुर अस्पतालमा भएको परीक्षणमा सात जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    यस्तै रुपन्देहीमा गरिएको परीक्षणमा सात जना, विराटनगरमा २५ जना, सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा एक सय सात जना, धुलिखेल अस्पताल प्रयोगशालामा पाँच जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ४३ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

    त्यस्तै शिक्षण अस्पताल महाराजगञ्जमा एक जना, हेटौँडामा २५ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा १०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा तीन जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक सय ३९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

    अहिलेसम्म सङ्क्रमित देखिएकामध्ये एक हजार ४१ जना सङ्क्र‍मित उपचारपछि निको भएर घर फर्किएका छन् । पोखरामा नयाँ मेसिन जडान भएसँगै देशभरि २२ स्थानबाट पीसीआर परीक्षण सुरु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    Sobizpress SuAdmin

    He is chief editor of our media and continously working for society.

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology