Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली कांग्रेसले अबको २१ दिन पछि नयाँ नेतृत्व पाउँदै

नेपाली कांग्रेसले अबको २१ दिन पछि नयाँ नेतृत्व पाउँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७८ सोमवार • ०८:२९:०२ बजे
  • 841
    SHARES
  • नेपाली कांग्रेसले अबको २१ दिन पछि नयाँ नेतृत्व पाउँदै

    नेपाली कांग्रेसले अबको २१ दिन पछि नयाँ नेतृत्व पाउँदै छ । कांग्रेसको केन्द्रीय नेतृत्व छान्न १४औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुँदै छ ।

    images

    कांग्रेस नेतृत्व हात पार्न हालका सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह तथा नेता गोपालमान श्रेष्ठ र नेत्री सुजाता कोइराला अघि बढेका छन् ।

    कतिपय नेताहरूले त सम्पर्क कार्यालय नै खोलेर चुनावी अभियान सुरु गर्दै आइसकेका छन् । कतिपय आन्तरिक रूपमा भेटघाटका लागि दौडाहामा छन् । कांग्रेस विधानमा सभापतिमा जति जना मैदानमा उत्रिए पनि निर्वाचित सभापतिपछि हार्नेमध्ये दोस्रो बढी मत ल्याउने व्यक्ति मात्रै सम्बन्धित कार्यसमितिको सदस्य हुन्छन् ।

    दोस्रो मत नपाए अन्य उम्मेदवारहरू त्यो कार्यसमितिको कार्यकालभर कार्यसमिति बाहिरै बस्नुपर्छ । ‘पार्टीका सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ,’ कांग्रेस विधानमा उल्लेख छ ।

    कांग्रेस विधानको परिच्छेद १० अन्तर्गत केन्द्रीय विभागसम्बन्धी व्यवस्थाको विभागहरूको काम, कर्तव्य र अधिकारअन्तर्गत ६५ नम्बर बुँदामा सोसम्बन्धी स्पष्ट व्यवस्था उल्लेख छ ।

    कांग्रेस नेता मीन विश्वकर्माले विधानमा उल्लेख भएअनुसार सभापतिपछि दोस्रो मत ल्याउने नेता मात्रै केन्द्रीय समितिमा सदस्यका रूपमा रहने प्रस्ट व्यवस्था रहेको बताए । ‘विधानमा नै प्रस्ट छ, सभापतिपछिको दोस्रो बढी मत ल्याउने नेताको मात्रै केन्द्रीय समितिमा प्रतिनिधित्व हुन्छ, बाँकीलाई के गर्ने ? भन्ने विधानमा व्यवस्था छैन ।

    सभापतिले चाहँदा मनोनीत हुने ठाउँ रहन्छ । नत्र त्यो कार्यकालभर केन्द्रीय समिति बाहिरै बस्ने हो,’ नेता मिन विश्वकर्माले भने । विधानअनुसार हेर्ने हो भने आगामी महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा उत्रिने नेताहरू महाधिवेशनमा दोस्रो नम्बरमा नपरे केन्द्रीय समितिबाटै ‘रिङ आउट’ हुनेछन् ।

    कांग्रेस नेता भीमसेनदास प्रधान भने व्यवहारिक रूपमा निर्वाचित सभापतिले चाहे भने हार्ने उम्मेदवारहरूलाई निगाहामा मनोनीत गरेर केन्द्रीय समितिमा ल्याउन सक्ने बताउँछन् ।

    उनका अनुसार त्यो सभापतिको चाहनामा भर पर्छ । विधानमा भने त्यस्तो व्यवस्था छैन । विधानमा भएको व्यवस्थाअनुसार केन्द्रीय सभापतिका लागि मैदानमा उत्रिएकाहरू साँच्चै सभापतिमा भिड्छन् वा ब्याक हुन्छन् भन्ने प्रश्न अब देखिँदै जानेछ । समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

  • सम्बन्धित विषय:

  • # नेपाली काँग्रेस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology