Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज नेपाली कांग्रेसको ६० जिल्लामा निर्वाचन क्षेत्र अधिवेशन हुँदै

आज नेपाली कांग्रेसको ६० जिल्लामा निर्वाचन क्षेत्र अधिवेशन हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७८ सोमवार • ०८:३२:४५ बजे
  • 739
    SHARES
  • आज नेपाली कांग्रेसको ६० जिल्लामा निर्वाचन क्षेत्र अधिवेशन हुँदै

    आज देशका अधिकांश स्थानमा नेपाली कांग्रेसको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत निर्वाचन क्षेत्रको अधिवेशन हुन लागेको हो ।

    images

    आज विभिन्न ६० जिल्लाका १४८ निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ । यसअघि एक मात्र निर्वाचन क्षेत्र भएका १४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ।

    अन्यत्र जिल्लाको अधिवेशनको काम अगाडि बढे पनि सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने रोकिएको छ।

    सर्लाहीमा वडा तहको अधिवेशन केही दिन अघिमात्र भएको छ भने सिन्धुपाल्चोकमा आज हुने कार्यतालिका कांग्रेसले सार्वजनिक भएको छ।

    आजै विभिन्न जिल्लाको अधिवेशनसमेत हुने कार्यतालिका सार्वजनिक भैसकेको छ। आजको अधिवेशनले केन्द्रीय महाधिवेशनका लागि समेत प्रतिनिधि चयन गर्नेछ।

  • सम्बन्धित विषय:

  • # नेपाली काँग्रेस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology