Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

माओवादी कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउँदा रहेछन् : प्रचण्ड

माओवादी कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउँदा रहेछन् : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७८ सोमवार • ०९:५३:२६ बजे
  • 1.3K
    SHARES
  • माओवादी कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउँदा रहेछन् : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठनात्मक रूपमा अस्तव्यस्त र आत्मबल कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको बताएका छन् ।

    images

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेको घटनालाई ‘प्रतिक्रियावादी र प्रतिक्रान्तिको षड्यन्त्र’ बताएका प्रचण्डले भने, ‘हामी (माओवादी) कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउँदा रहेछन् ।

    माओवादी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्ध उल्ट्याउन षडयन्त्र भएपछि हामीले सडकबाट विद्रोह गरेर प्रतिनिधिसभा पुनर्स्थापना गरायौँ ।’ एमाले प्रतिक्रान्तिकारी भएको प्रचण्डले बताए ।

    चितवनको टाँडीमा सोमबार बिहान आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले जनताको बलमा नै प्रतिनिधिसभा पुनर्स्थापना भएको दाबी गरे ।

    त्यसका लागि पाँच दलीय गठबन्धन सडकमा उत्रिएको उनले बताए । ‘बालुवाटारबाट गलहत्याएर बालकोट र सातै प्रदेशबाट गलहत्याएर घरघरमा पर्‍याउने काम जनताले गरेका छन्,’ उनले भने, ‘जनता र क्रान्तिकारीमा फेरि नयाँ आशा, भरोसा र विश्वास पैदा भएको छ । हामी सुस्ताएका थियौँ, अब फेरि जागेका छौँ भनेर जनतासामु भन्न सक्नुपर्छ ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology