Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७८ सोमवार • ११:३६:०५ बजे
  • 697
    SHARES
  • बढ्यो सुनको मूल्य

    सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन तोलामा २०० रुपैयाँले र चाँदी १० रुपैयाँले वृद्धि भएको हो ।

    बढेको मूल्यअनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा र चाँदी एकहजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।

    गत आइतबार सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ र चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत २०० रुपैयाँले नै बढ्दै प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बढ्यो सुनको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology