Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हामी फेरि विद्रोहको झन्डा उठाउन तयार छौँ : प्रचण्ड

हामी फेरि विद्रोहको झन्डा उठाउन तयार छौँ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७८ सोमवार • १२:१९:१५ बजे
  • 1.4K
    SHARES
  • हामी फेरि विद्रोहको झन्डा उठाउन तयार छौँ : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विद्रोहको झन्डा उठाउन माओवादी तयार रहेको जनतामा पुर्‍याउनुपर्ने बताएका छन् । चितवनको टाँडीमा सोमबार बिहान आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनको वाहक माओवादी भएको बताएका हुन् ।

    images

    “अहिले पनि प्रतिक्रान्तिको सपना देख्छन् भने हामी फेरि विद्रोहको झनडा उठाउन तयार छौँ भनेर जनतामाझ भन्नुपर्‍यो,” उनले भने । प्रचण्डले आफ्नै आत्मसमीक्षाबाट सुरु गर्‍यो भने पार्टीलाई फेरि जाति विशेष, विचार विशेष पार्टी बनाउन सकिने दाबी गरे ।

    उनले प्रतिगमनकारीलाई परास्त गरेपछि फेरि जनतामा आशा र भरोसा पैदा हुन थालेको बताए । उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एउटै मितिमा गर्नुपर्ने पक्षमा आफू रहेको बताए ।

    उनले भने,“तीनै तहको एकैचोटी गर्ने प्रस्ताव मैले गरेको छु । नभए संघको पहिले, वा संघ र प्रदेश सँगसँगै र स्थानीय तह त्यसपछि गर्ने भन्ने प्रस्ताव पनि गरेको छु ।

    निर्वाचन आयोगसँग सल्लाहपछि केही दिनमा नै टुंगो लाग्छ ।” फरक प्रसंगमा उनले आफू र आफ्नो पार्टीलाई सिध्याउन केपी ओलीले चितवनमा महाधिवेशन गर्न लागेको भए पनि आफूले निम्ता दिन आउनेलाई ‘चितवनलाई के विधि माया गर्नुभएको’ भनेर जबाफ दिएको सुनाए ।

    “चितवनमा ल्याउनु (महाधिवेशन) को मक्सद माओवादी सिध्याउनु, तर मैले भनेको छु– केपीजीलाई धन्यवाद भनेको छु,” प्रच्ण्डले भने,“यो विषयमा चितवनमा ल्याइदिनुभयो, यहाँका जनतालाई फाइदा हुने भयो, व्यवसायीले अलिकता भए पनि नाफा कमाउन पाउने भए, नेपालमा चितवन नै हो मुख्य भनेर बताइदिनुभयो भनेर भन्द्याछु मैले ।”

    उनले अगाडि भने,“अस्ति मलाई निम्ता गर्न आउनुभयो फेरि, वक्ताका रुपमा भन्नुभाछ, म अहिले त्योबारे बोल्दिनँ पार्टीमा सल्लाह गर्नुपर्छ भनेँ ।

    वक्ताको रुपमा चिठी लिएर आउनुभो एक जना लिडर, कति धेरै माया गर्‍या हो चितवनलाई ! यति धेरै माया नगर्नु है माया बोक्नै नसक्ने हुन लाग्यो भन्याछु मैले ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology