Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मिश्रसँग पार्टी एकता गरेर गल्ती भयो : मिलन पाण्डे

मिश्रसँग पार्टी एकता गरेर गल्ती भयो : मिलन पाण्डे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७८ सोमवार • १५:५४:३४ बजे
  • 607
    SHARES
  • मिश्रसँग पार्टी एकता गरेर गल्ती भयो : मिलन पाण्डे

    विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले रवीन्द्र मिश्र नेतृत्वको साझापार्टीसँग पार्टी एकता गरेर गल्ति गरेको स्वीकार गरेका छन् ।

    images

    पाण्डेले दोस्रो पटक पार्टी एकीकरण गरेर गल्ती भएको सामाजिक सञ्जालमार्फत स्वीकारेका हुन् । पार्टी एकीकरण गर्दा तत्कालीन विवेकशीलका उपाध्यक्ष अजिता राईसहित १३ जनाले साझा पार्टीका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रको राजनीतिक एजेण्डामा स्पष्ट छलफल नभइ एकीकरण गर्नु नहुने भन्दै अलगिएका थिए ।

    विवकेशील र साझा पार्टीबीच २०७७ मंसिरमा एकीकरण भएको थियो । निर्वाचन आयोगले राई पक्षको नेपाल विवकेशील पार्टी दर्ता भएको प्रमाण पत्र आइतबार दिएको छ । पाण्डेले ‘नेपाल विवेकशील पार्टी’ नयाँ दल दर्ता गरेपछि बधाई दिँदै त्यसवेला एकीकरण गरेर गल्ती भएको स्वीकारेका छन् ।

    ‘गत मंसिरमा विवेकशील र साझा पार्टीको एकीकरण हुँदै गर्दा तपाईँहरूले ‘गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता’ मा अर्को पक्षको विश्वास गर्न सकिँदैन भन्नुभएको थियो । त्यहाँ तपाईंहरू सही साबित हुनुभयो’, पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन् ।

    उनले छिट्टै संगठनिकरुपमा पनि सँगै हुने बताएका छन् । ‘तत्कालीन हिसाबबाट विवेकशील र साझाको एकीकरणको नेतृत्व मैले गरेको हुँदा म तपाईंहरु १३ जनासँग माफी माग्छु । हाम्रो उद्देश्य पवित्र थियो’, उनले भनेका छन् ।

    त्यसबेला विवेकशीलका पूर्वसंयोजक उज्जवल थापाले पनि तत्काल साझा पार्टीसँग एकीकरण गर्नु नहुने अडान राखेका थिए । तर पार्टीमा बहुमत सदस्यले एकीकरण गर्ने निर्णय गरेका थिए । पाण्डेले भनेका छन्, ‘तपाईंहरूलाई पार्टी दर्ताका निम्ति धेरै–धेरै बधाई छ ।

    तपाईंहरूले सुसंस्कृत राजनीति, वैकल्पिक राजनीति र विवेकशील आन्दोलनलाई न्याय गर्नुहुनेछ र नेतृत्व गर्नुहुनेछ भन्ने विश्वास छ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology