Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जबरालाई पदमुक्त गर्न संसद्ले सहयोग गर्नु सभामुखसँग बारको आग्रह

जबरालाई पदमुक्त गर्न संसद्ले सहयोग गर्नु सभामुखसँग बारको आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७८ सोमवार • १५:५७:५८ बजे
  • 652
    SHARES
  • जबरालाई पदमुक्त गर्न संसद्ले सहयोग गर्नु  सभामुखसँग बारको आग्रह

    सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा गाग गर्दै आन्दोलरनत नेपाल बार एशोसिएसनले प्रमुख राजनीतिक दललाई गुहार्न थालेका छन् । प्रधानन्यायाधीश जबराको बहिर्गमनका लागि सहयोग गर्न आग्रह गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

    images

    प्रधानन्यायाधीश जबराले आफूहरुको पहलले मात्र राजीनामा नदिएको भन्दै बारले संसदको सहयोग खोजेको हो । नेपाल बारका पदाधिकारीहरुले सोमबार सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर जबरालाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने भन्दै आग्रह गरेका हुन् ।

    प्रधानन्यायाधीश जबराले सडकको दबाबका भरमा राजीनामा दिन्न भनेकाले आफूहरु सभामुखसमक्ष आएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन् । प्रधानन्यायाधीश जबराले संसदीय सुनुवाइका क्रममा गरेका प्रतिवद्धता पूरा नगरेकाले उनलाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने महासचिव लीलालमणि पौडेललको भनाई छ ।

    बारले प्रधानन्यायाधीश जबराले संवैधानिक जिम्मेवारीलाई निजी सम्पत्तिसरह दुरुपयोग गरेको आरोप लगाएका छन् । यस्तै जबरासँग संवैधानिक र कानुनी दायित्व पूरा गर्न सक्ने क्षमता नभएको पनि बारको आरोप छ ।

    प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले झण्डै एक महिनादेखि सर्वोच्च अदालत परिसरमा धर्ना र प्रदर्शन गर्दै आएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सोमबार पनि धर्ना दिएको छ ।

    तेस्रो चरणको आन्दोलनअन्तर्गत सोमबार पनि वकिलहरू सर्वोच्च परिसरमा धर्नामा बसेका हुन् । सोमबार सर्वोच्च परिसबाट न्यायलयको सुरक्षाका लागि भन्दै खटाइएका दंगा प्रहरीलाई हटाइएको थियो ।

    धर्नाका क्रममा उनीहरुले प्रधानन्यायधिशबिरुद्ध चर्का नारा लगाएका थिए । धर्नापछि बारमा आयोजित विरोध सभामा बारमा अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशकै कारणबाट भ्रष्टचार व्याप्त भएको राजीनामाको बिकल्प नरहेको बताए ।

    सेवाग्राहीहरुलाई तीनबर्षदेखि अदालतमा भइरहेको अन्याय अव हुन नदिने उनको भनाई छ । उनले प्रधानन्यायाधीशले बिचौलियामार्फत फाइदा हुने मुद्धामात्र हेर्ने गरेको आरोप लगाए ।

    नेपाल बार एसोसिएसनको अगुवाईमा न्यायालयमा भष्ट्राचार , दलिय भागबन्डा गरेकोलगायतका आरोप लगाउँदै प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु तीन सातादेखि आन्दोलनमा छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology