Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एनआरएनए पन्त नेतृत्वको वर्तमान कमिटी विघटन विवाद नयाँ मोडमा

एनआरएनए पन्त नेतृत्वको वर्तमान कमिटी विघटन विवाद नयाँ मोडमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७८ सोमवार • १६:०६:२४ बजे
  • 1.4K
    SHARES
  • एनआरएनए पन्त नेतृत्वको वर्तमान कमिटी विघटन विवाद नयाँ मोडमा

    गैरआवासीय नेपाली संघ (एनआरएनए)को वर्तमान कार्यसमिति विघटन गरिएको छ । परराष्ट्र मन्त्रालयले एनआरएनएलाई एक पत्र पठाउँदै वर्तमान कुमार पन्त नेतृत्वको कमिटीलाई विघटन गरी निर्वाचन संरक्षक समितिलाई नयाँ निर्वाचन गराउन अधिकार प्रत्यायोजन गरेको एनआरएनए उच्च स्रोतले बतायो ।

    images

    परराष्ट्रको पत्रपछि एनआरएनएले आन्तरिक छलफल थालेको छ भने सो पत्रमा एनआरएनएले कुनै रेस्पोन्स नपठाएको बुझिएको छ । मन्त्रालयले एनआरएनएलाई आइतबार पत्राचार गरेको थियो ।

    प्रतिनिधि चयनमा धाँधली भएको भन्दै कुल आचार्य पक्षले मन्त्रालयमा उजुरी दिएपछि परराष्ट्रले यसअघि निर्वाचन प्रक्रिया रोक्न निर्देशन दिएको थियो भने त्यसपछि पन्तले ६ महिना आफ्नो कार्यकाल लम्ब्याएका थिए ।

    यहीबीचमा पन्तले डिसेम्बर १५ मा नयाँ निर्वाचन तथा डिसेम्बर १९ र २० मा महाधिवेशनको समेत मिति तोकेका थिए । आचार्यले दशौँ महाधिवेशनका लागि प्रतिनिधि छनोट सम्बन्धि विवाद समाधान गरेर मात्रै निर्वाचन गराउनुपर्ने अडान राख्दै आएका छन् ।

    “चाँडोभन्दा चाँडो चुनाव हुनुपर्छ भन्ने हाम्रो माग हो र हामी चुनावका लागि तयार छौं। तर डेलिगेट्स छनोट सम्बन्धी विवाद, संघका अभियन्ताहरुले परराष्ट्रमा दिएको उजुरी र परराष्ट्र मन्त्रालयले दिएको लिखित निर्देशनलाई सम्बोधन नगरी एकपक्षीय रुपमा चुनावको मिति घोषणा गर्नु गैर जिम्मेवारीपनको उदाहरण हो,” आचार्यले भने।

    वर्तमान कार्यसमिति नै भंग भएको अवस्थामा अब चुनाव कहिले हुने भन्नेमा समेत अन्योलता देखिएको एक एनआरएनए नेताले बताए । एनआरएनएमा एमाले निकट र काँग्रेस निकटको कडा राजनीति रहेको छ ।

    वर्तमान सत्ता निकट आचार्यको लबिइङका कारण परराष्ट्रले हस्तक्षेप गरिरहेको कतिपयको भनाइ छ । एनआरएनएको नयाँ नेतृत्वका लागि आचार्यसँगै एमाले निकट बद्री केसीको कडा टक्कर रहेको छ ।

  • सम्बन्धित विषय:

  • # एनआरएनए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology