Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महेश बस्नेतद्वारा एमाले सचिवमा उम्मेदवारी घोषणा

महेश बस्नेतद्वारा एमाले सचिवमा उम्मेदवारी घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ६, २०७८ सोमवार • १६:०८:३५ बजे
  • 1.8K
    SHARES
  • महेश बस्नेतद्वारा एमाले सचिवमा उम्मेदवारी घोषणा

    नेकपा (एमाले) को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवम् युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    images

    सोमबार मध्यपुर थिमिको सम्पर्क कार्यालयमा आफ्नो धाराणा सार्वजनिक गर्दै सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा मुलुकको युवा शक्तिलाई परिचालन गर्न आफूले सचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताए ।

    आफू युवा संघको अध्यक्ष हुँदा होस् वा एमाले केन्द्रीय सदस्य हुँदा पार्टीकै पक्षमा युवालाई एकताबद्ध बनाउन काम गरेको बताउँदै उनले आगामी दिनमा एमाले ऊर्जावान युवाको प्रदेश गराउन पनि उम्मेदवारी घोषणा गरेको बताए ।

    उनले आफू सचिव पदमा उम्मेदवारी दिने १० आधारसमेत प्रस्तुत गरेका छन् ।

    आधारपत्रमा उनले आफू मन्त्री हुँदा गरेको कार्य र आगामी दिनमा पार्टी र देशलाई दिनसक्ने योगदानहरुका बारेमा उल्लेख गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # महेश बस्नेत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology