नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा रंगशाला निर्माण बनाउनेतर्फ अगाडी बढ्नुपर्ने बताएका छन् ।
चितवनमा धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आर्थिक अभावले गर्दा गत साउनदेखि नै काम रोकिएको छ ।
प्रचण्डले सोमबार चितवनमा आयोजित कार्यक्रममा निकै ठूलो मेहनतले यहाँ रंगशाला निर्माण अगाडि बढेको उल्लेख गरे ।
‘तत्कालीन प्रधानमन्त्री र मसहित उपस्थित भएर निर्माण गरिछाड्ने भनिएको हो,’ प्रचण्डले भने, ‘पछि विवाद बढ्दै जाँदा कसरी नबनाउने भन्नेतिर प्रधानमन्त्री गए, म कसरी बनाउने भन्नेतिर गएँ।’ ‘कुनै तरिकाले हामी रंगशाला निर्माणका लागि अगाडि बढ्नैपर्छ,’ प्रचण्डले भने ।
यसअघि अर्थमन्त्री जनार्दन शर्माले पनि रंगशाला निर्माणमा सरकारका तर्फबाट सहयोग हुने प्रतिवद्धता जनाइसकेका छन् ।