Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राजनीति

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन संवाद

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन संवाद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३१, २०७७ शनिवार • १७:३९:५३ बजे
  • 964
    SHARES
  • प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन संवाद
    प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली र मोदीबीच टेलिफोन संवाद भएको जानकारी दिए ।

    प्रधानमन्त्रीको सल्लाहकार थापाले सामाजिक सञ्जालमा लेखेका छन्, 'सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । अन्य जानकारी परराष्ट्र मन्त्रालयबाट आउने छ ।'

    सीमा विवादले शीतयुद्धको स्थितिमा पुगेको नेपाल भारत सम्बन्धमा ब्रेक लागेको छ । प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको शुभकामना दिएको र पारस्परिक हितका विषयमा छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ ।

    पछिल्लो समय भारतीय राजदूतमार्फत प्रधानमन्त्री ओलीले भारतसँग अनौपचारिक संवाद थालेका छन् । अनौपचारिक संवाद स्वरुप नेपाल र भारतबीच जारी सीमा विवाद समाधानका लागि दुई देशका परराष्ट्र मन्त्रालयस्तरीय वार्ता पनि हुने भएको छ ।
    काठमाडौंमा छिट्टै हुने नेपाल-भारत परराष्ट्र मन्त्रालयस्तरीय वार्तामा नेपालका परराष्ट्र सचिव शंकरदास बैरागी र भारतको तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा सहभागी हुनेछन् ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology