Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतको गणतन्त्र दिवसमा प्रधानमन्त्री देउवा पनि मुख्य अतिथि

भारतको गणतन्त्र दिवसमा प्रधानमन्त्री देउवा पनि मुख्य अतिथि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७८ मंगलवार • ०८:२५:३८ बजे
  • 634
    SHARES
  • भारतको गणतन्त्र दिवसमा प्रधानमन्त्री देउवा पनि मुख्य अतिथि

    भारतको गणतन्त्र दिवसमा प्रधानमन्त्री शेरबहादुर देउवासहित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको पहल(बिमस्टेक) सदस्य मुलुकका सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई सहभागी गराउन पहल सुरु गरेको छ।

    images

    भारतीय पत्रिका दि इन्डियन एक्सप्रेसका अनुसार साउथ ब्ल्कले बिमस्टेक देशका सरकार प्रमुख वा राष्ट्रप्रमुख उक्त कार्यक्रममा सहभागी हुने नहुने भन्ने बारेमा निश्चित गरिरहेको छ।

    गणतन्त्र दिवसमा सहभागी हुने पाहुनाको बारेमा निश्चित भएसँगै उनीहरूलाई औपचारिक रूपमा पत्र पठाइने र उनीहरूको नाम सार्वजनिक गरिने जनाइएको छ।

    कार्यक्रममा नेपालसहित भुटान, बंगलादेश, म्यानमार, श्रीलंका, र थाइल्याण्डका सरकार प्रमुख वा राष्ट्र प्रमुख सहभागी हुने सम्भावना रहेको छ।

    यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीका रूपमा दोस्रो कार्यकाल सुरु गर्दा सन् २०१९ मा बिमस्टेक मुलुकका सरकार प्रमुख र राष्ट्र प्रमुखले सहभागिता जनाएका थिए।

    सहभागीमध्ये कतिपय देशका सरकार प्रमुख र राष्ट्रप्रमुख परिवर्तन भइसकेका छन्। याे खबर नागरिक दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # भारतको गणतन्त्र दिवस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology