Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीसहित एमालेका ६ नेता अन्तिम लडाइँमा

ओलीसहित एमालेका ६ नेता अन्तिम लडाइँमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७८ मंगलवार • ०८:३४:४७ बजे
  • 778
    SHARES
  • ओलीसहित एमालेका ६ नेता अन्तिम लडाइँमा

    नेकपा एमालेको नवौं महाधिवेशनबाट पारित विधानले व्यवस्था गरेको ७० वर्षे उमेरहदका कारण पूर्वअध्यक्ष भरतमोहन अधिकारी र नेता सिद्धिलाल सिंह सो महाधिवेशनबाटै बिदा भए । एमालेको ७० वर्षे उमेर हदसम्बन्धी व्यवस्था नेकपा माओवादी केन्द्रसँग एकतासँगै निष्क्रिय बनाइयो ।

    images

    गोदावरीमा सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले फेरि यो व्यवस्था ब्युँताएको छ । यो विधानअनुसार अनुशासन आयोगका अध्यक्ष अमृत बोहरा, स्थायी कमिटी सदस्यद्वय सत्यनारायण मण्डल र केशव बडाल १०औं महाधिवेशनबाटै बिदा हुँदैछन् ।

    नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्षसहितका ६ जना पदाधिकारीलाई भने १०औं महाधिवेशन ‘गर या मर’ हुने देखिएको छ । विधानमा रहेको ७० वर्षे उमेरहदका कारण अध्यक्ष केपी ओलीसहितका ६ जना नेता यो महाधिवेशनबाट नेतृत्व या पदाधिकारीमा अटाउन सकेनन् भने उनीहरू कहिल्यै एमालेको कार्यकारी भूमिकामा हुने छैनन् ।

    अध्यक्षका एकमात्र बलिया दाबेदार ओली आगामी फागुनमा ७१ वर्षका लाग्दैछन् । तीन महिनाअघि महाधिवेशन भएका कारणमात्र उनी एमालेको कार्यकारी भूमिकामा अन्तिम पटक प्रतिस्पर्धा गर्दै छन् । ११औं महाधिवेशनमा आइपुग्दा उनी स्वतःपार्टीको कार्यकारी भूमिकाबाट अलग भइसकेका हुनेछन् ।

    ओलीसँगै १०औं महाधिवेशनमा अध्यक्षका दावेदार उपाध्यक्ष भीम रावल पनि यस पटक नेतृत्व या पदाधिकारीमा अटाउन सकेनन् भने ११औं महाधिवेशनपछि एमालेको कार्यकारी भूमिकामा देखिन पाउने छैनन् । उनी ६६ वर्षका भइसकेका छन् । ११औ महाधिवेशनसम्ममा उनी ७० वर्ष कटिसकेका हुनेछन् ।

    महासचिव तथा वरिष्ठ उपाध्यक्षका दावेदार ईश्वर पोखरेल पनि यस पटक अन्तिम लडाईमा छन् । उनी पनि ६७ वर्षका भइसकेका छन् । अर्को महाधिवेशनसम्म पुग्दा उमेरहदका कारण उनले पनि अवकाश पाइसक्नेछन् । अहिलेसम्म पदाधिकारी हुन नपाएका सुवासचन्द्र नेम्वाङका लागि त यो महाधिवेशन इतिहास बनाउने अवसर नै हो ।

    यस पटक उनी पदाधिकारीमा अटाउन सकेनन् भने कहिल्यै एमालेको कार्यकारी नेतृत्वमा हुने छैनन् । यस पटक उनले वरिष्ठ उपाध्यक्ष या त्यो नपाए उपाध्यक्षमा दाबी गरिरहेका छन् । नेम्वाङ पनि ६९ वर्षका पुगिसकेका छन् । आफ्ना श्रीमान् अमृत बोहोरा १०औं महाधिवेशनवाट बिदाइ हुँदै गर्दा ६७ वर्षीया अष्टलक्ष्मी शाक्य अन्तिम पटक पार्टीको कार्यकारी पदमा प्रतिस्पर्धामा उत्रने तयारीमा छिन् ।

    १०औं महाधिवशनबाट उनी पदाधिकारीमा चुनिन सकिनन् भने शाक्यका लागि एमाले राजनीतिमा उपाध्यक्ष पद नै श्रेष्ठ पद बन्नेछ । केपी ओलीले नै अनुशासन आयोगको अध्यक्ष बनाउन खोजेका उपाध्यक्ष युवराज ज्ञवाली ६८ वर्षका भए ।

    १०औं महाधिवेशनमा ओलीले उनलाई अनुशासन आयोगको अध्यक्षमा मनाए भने उनको पनि यो नै अन्तिम कार्यकारी कार्यकाल हुनेछ । उनी पनि सके बरिष्ठ उपाध्यक्ष नभए पनि उपाध्यक्ष बन्ने कोसिसमा छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology