कोरोनाबाट पछिल्लो २४ घन्टामा ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलबस्तु, पर्सा र धनुषामा एक एकजनाको कोरोनाबाट मृत्यु भएको जनाएको छ ।
कोरोना भाइरस संक्रमितको संख्या २६ हजार नाघेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ४ सय ६८ सहित देशभर संक्रमितको संख्या २६ हजार १९ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये १७ हजार २ सय १ जना उपचारपछि घर फर्किएका छन् भने १ सय २ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।