Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने नेम्वाङको घोषणा

वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने नेम्वाङको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७८ मंगलवार • ११:४६:५२ बजे
  • 670
    SHARES
  • वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने नेम्वाङको घोषणा

    नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । चितवनमा हुने एमालेको १०औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    images

    एमाले स्थायी कमिटी सदस्य एवम् संसदीय दलका उपनेतासमेत रहेको नेम्वाङले आफू अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताए ।

    चुनाव हुने अवस्था आएको खण्डमा आफूले पनि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताए । सर्वसम्मतमै जाने जोड दिएका नेम्वाङले भने,“सर्वसम्मत भएन भने उम्मेदवारी नै दिनेछु ।”

    नेम्वाङले आफूलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन सुझाव आएको समेत बताए । गत असोजमा विधान परिवर्तन गरेर एमालेले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेको थियो । 

    पदमा ईश्वर पोखरेल, रामबहादुर थापा‘बादल’ र नेम्वाङ समेत आकांक्षी भएपछि चुनावको विकल्प नहुने अवस्था देखिएको छ । एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology