Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

श्रममन्त्री कृष्ण श्रेष्ठको निर्देशन पछि श्रम स्वीकृति दुई सिफ्टमा सेवा प्रवाह सुरु

श्रममन्त्री कृष्ण श्रेष्ठको निर्देशन पछि श्रम स्वीकृति दुई सिफ्टमा सेवा प्रवाह सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७८ मंगलवार • १२:४०:४६ बजे
  • 829
    SHARES
  • श्रममन्त्री कृष्ण श्रेष्ठको निर्देशन पछि श्रम स्वीकृति दुई सिफ्टमा सेवा प्रवाह सुरु

    वैदेशिक रोजगारीमा जानेका लागि पुनः श्रम स्वीकृतिबारेमा गुनासो बढेपछि प्रभावकारी बनाउन सरकारले निर्देशन दिएको छ । श्रम स्वीकृति नवीकरण छिटो छरितो नहुँदा आफूहरुले सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो छ ।

    images

    गुनासो बढेपछि श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार कार्यालय ताहचललाई चार बुँदे निर्देशन दिएको हो ।

    release.jpg

    आवश्यकता अनुसार भाषा अनुवादककोमा पठाउने व्यवस्था मिलाउन, अनलाइन टोकन प्रणालीमा सङ्ख्या बढाउन र चापअनुसार अफलाइन टोकनको आधारमा पनि काम गर्न, सहायता कक्ष स्थापना गर्न तथा दुई सिफ्टमा सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ ।

    विदेश जाने युवाले भोग्ने सास्ती कम गर्न श्रम स्वीकृति लिने प्रक्रियागत काम आधा घटाइएको र यसले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको पनि मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको निर्देशन अनुसार श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र बायोमेट्रिकका सेवाग्राहीको भीड हुने भएकाले आवश्यकता अनुसार दुई सिफ्टमा काम गर्न थालिएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गएको मंसिर एक गते वैदेशिक रोजगार कार्यालय ताहचलमा अनुगमन गरी सेवालाई व्यवस्थित र पारदर्शी गर्न निर्देशन दिनुभएको थियो।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology