Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बस दुर्घटना हुँदा ४६ जनाको जलेर मृत्यु

बस दुर्घटना हुँदा ४६ जनाको जलेर मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७८ मंगलवार • १३:२१:४० बजे
  • 583
    SHARES
  • बस दुर्घटना हुँदा  ४६ जनाको जलेर मृत्यु

    एजेन्सी । पश्चिम बुल्गेरियामा बस दुर्घटना हुँदा कम्तिमा ४६ जनाको जलेर मृत्यु भएको छ ।

    images

    राजधानी सोफियाबाट दक्षिण पश्चिमस्थित बोसनेक गाउँमा बस दुर्घटनामा परेको हो । दुर्घटनापछि बसमा आगो लागेको थियो । टर्कीको इस्तानबुलबाट उत्तरी मेसेडोनियाको राजधानी स्कोपजेतर्फ प्रस्थान गरेको बस बोसनेकमा दुर्घटनामा परेको थियो ।

    मृत्यु हुनेमा बालबालिका पनि छन् । जलेर गम्भीर घाइते भएका ७ जनाको अस्पतालमा उपचार भइरहेको छ । उत्तरी म्यासेडोनियाका विदेशमन्त्री बुजार ओसमनीले बसमा साप्ताहिक बिदा मनाउन गएका व्यक्ति सवार रहेको जानाकारी दिएका छन् ।

    बस दुर्घटना भएको स्थल ‘सील’ गरिएको छ । घटनास्थल पुगेका बुल्गेरियाका गृहमन्त्री बोक्यो रास्कोभले भने, ‘मृतक सबैको शरीर जलेको छ ।’

    दुर्घटनाबारे उत्तरी म्यासोडोनियाका प्रधानमन्त्री जोरान जाइभले बुल्गेरियाका प्रधानमन्त्रीसँग छलफल गरेको समाचार विवरणमा जनाइएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # ४६ जनाको जलेर मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology