Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मैले मन पराएको मान्छे मात्रै उपाध्यक्ष र महासचिव निर्वाचित हुन्छः ओली

मैले मन पराएको मान्छे मात्रै उपाध्यक्ष र महासचिव निर्वाचित हुन्छः ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७८ मंगलवार • १६:४३:३२ बजे
  • 2.6K
    SHARES
  • मैले मन पराएको मान्छे मात्रै उपाध्यक्ष र महासचिव निर्वाचित हुन्छः ओली

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न १०औँ महाधिवेशनमा आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने दाबी गरेका छ । स्थायी कमिटी बैठक छाडेर पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने र यदी निर्विरोध नभएमा बढी मत ल्याएर निर्वाचित हुने बताए । आफू अध्यक्षमा उठ्ने नउठ्ने निर्णय भइनसकेको उनले बताए ।

    images

    केही मानिस चोइटिएर गएपछि.....

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही मानिस चोइटिएर गएपछि पार्टीमा ल्याङल्याङ अन्त्य भएको बताएका छन् ।

    मंगलबार (आज) काठमाडौंमा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले माधवकुमार नेपाललगायतका नेताहरु बाहिरहँदा विवाद अन्त्य भएको बताएका हुन् ।

    उनले भनेका छन्, ‘केही मानिस चोइटिएर गएका छन् । त्यसले ल्याङल्याङ अन्त्य गरेको छ ।’

    केही मानिसहरु चोइटिएर जाँदा पार्टी शुद्धिकरण सुदृढ भएको भन्दै उनले थप भनेका छन्, ‘एमाले फुट्यो कमजोर भयो भनिएको छ । तर, हामी सत्तामा थियौं ।

    प्रतिपक्षमा मात्रै पुगेका छौं । शुद्धिकरण र सुढृदीकरणको अवसरमा मिलेको छ ।’

    प्रचण्डलाई ओलीको चुनौती: तपाई पनि झापामा आएर महाधिवेशन गर्नुस्

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा (झापा) गएर महाधिवेशन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिएका छन् ।

    मंगलबार काठमाडौंमा सम्पादकहरुसंगको छलफलमा ओलीले भने, ‘हाम्रो पार्टीको महाधिवेशन गर्दैछौं । तपाई पनि झापा आएर गर्नुस्, मेरै निर्वाचन क्षेत्र दमकमा आएर गर्नुस् न ।’

    प्रचण्डले आफूलाई सिध्याउन एमालेले महाधिवेशन स्थल चितवन रोजेको बताएका थिए ।

    माधव नेपाललाई पार्टीको रूपमा निम्ता गर्न मिलेन

    एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको १० महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन माधवकुमार नेपाललाई पार्टीको रूपमा निम्ता गर्न नसकिने बताएका छन् ।

    एमालेले पार्टी अनुशासनको कारबाही गरेका नेता नेपालसहित पार्टी प्रतिनिधिको रूपमा महाधिवेशनमा बोलाउन नसकिने ओलीको भनाइ छ ।

    गत २५ साउनमा आफ्नो सरकार ढाल्ने र देशका अहितमा काम गरेका हुनाले अनुशासानको कारबाही गरेकाले माधव नेपाललाई बोलाउन नसकिने ओलीले बताए ।

    महाअधिवेशनमा नेता नेपाललाई किन नबोलाउनु भएको भन्ने पत्रकारको प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘नेपालले एमाले फुटाएको, अनुशासनहिन कार्य गरेको र पार्टी फुटाएर गएकाहरूको गुटलाई पार्टी मान्न सकिँर्दैन । गुटका नेतालाई पार्टीको हैसियत बोलाउन मिल्दैन ।’

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology