Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओली पहिचान विरोधी खलनायक होः प्रचण्ड

ओली पहिचान विरोधी खलनायक होः प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०७८ मंगलवार • १६:५९:४४ बजे
  • 847
    SHARES
  • ओली पहिचान विरोधी खलनायक होः प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली मधेसी जनताविरोधी खलनायक भएको आरोप लगाएका छन् ।

    images

    अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले महन्थ ठाकुर र राजेन्द्र महतो खलनायक ओलीको पछाडि लाग्दा मधेसी जनताले स्पष्ट हुने मौका पाएको बताए । महन्थ र राजेन्द्रको नेगेटिभ रोलले माओवादीलाई फाइदा पुगेको उनको तर्क थियो । ‘अहिले मधेसमा माओवादीको पक्षमा लहर आउँदैछ । जनता क्लियर छन् ।

    हजारौ हजार उर्लिएर आउने अवस्था देखिएको छ । यसमा हाम्रो पोजेटिभ भूमिका छ । तर नेगेटिभ रोल पनि कम छैन । त्यसैले राजेन्द्र महन्थजीलाई धन्यवाद भनेको छु । तपाईहरुले केपी ओलीको अगाडि आत्मसमर्पण गरेर माओवादीलाई ठूलो गुन लाउनुभयो’ उनले भने ।

    नेपालमा संघीयता विरोधी, मधेसी जनता र पहिचान विरोधी खलनायक कोही छ भने एक नम्बर खलनायक केपी ओली हो भन्ने जनताले बुझेको दाहालको तर्क छ ।

    ‘मसिहा हु भन्ने नेताहरुले उसैका अगाडि आत्मसमर्पण गरिदिए र जनतालाई छ्यास हुन मद्दत गर्‍यो’ उनले भने, ’अहिले त्यसरी नेगेटिभ र पोजेटिभ मिल्न गएको छ ।

    देशभरी पनि मिल्न गएको छ । पहाडमा पनि हिमालतिर पनि । मधेसीलाई ठग्ने मधेसी दलाल हुन् । पहाडीलाई ठग्ने पहाडी दलाल हुन् । दलालविरुद्ध लड्नुपर्छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology