Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तीनै तहको चुनाव एकैपटक गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक हुनुहुन्छ : प्रचण्ड

तीनै तहको चुनाव एकैपटक गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक हुनुहुन्छ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ८, २०७८ बुधवार • ११:१५:४७ बजे
  • 703
    SHARES
  • तीनै तहको चुनाव एकैपटक गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक हुनुहुन्छ : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचन एकैपटक गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भएको बताएका छन् ।

    images

    बुधबार धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने आवाज बलियो रुपमा उठ्न थालेपछि प्रधानमन्त्री देउवासँग छलफल गरिएको बताएका हुन् ।

    ‘प्रधानमन्त्रीज्यू पनि त्यस विषयमा सकारात्मक हुनुहुन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘सबै तहसँग छलफल गरेर उपयुक्त निष्कर्षमा पुगिने छ,’ उनले भने ।

    पटकपटक चुनाव गर्दा राज्यलाई खर्च भार पनि बढी हुने र जनतालाई पनि दिक्क लाग्ने हुँदा सबै चुनाव एकैपटक गर्नुपर्ने माग आउन थालेको उनले बताए ।

    प्रचण्डले सर्वोच्च अदालनमा देखिएको समस्या छिट्टै समाधान हुने बताए । अदालतभित्र देखिएको समस्या आन्तरिक रुपमै समाधान हुनुपर्ने बताउँदै उनले त्यसो नभएमा एक दुई दिनमा पाँच दलीय गठबन्धनले एक स्टेपमाथि गएर अर्को निर्णय गर्ने बताए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology